Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

हिसे होसेर सेरफ रडिलिङ बिद्यालयमा निर्माण भएको शौचालय उद्घाटन

हिसे होसेर सेरफ रडिलिङ बिद्यालयमा निर्माण भएको शौचालय उद्घाटन

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र २८ २०७७


हिसे होसेर सेरफ रडिलिङ बिद्यालयमा निर्माण भएको शौचालय उद्घाटन

नयाँबजार । माईजोगमाई गाउँपालिका नयाँबजार मा रहेको पल्लयुङ साङगछोलिङ गुम्बामा संचालित हिसे होसर सेरफ रिडलिङ बिद्यालयमा एक कार्यक्रमको बिच शौचालयको उद्घाटन भएको हो । माईजोगमाई गाउँपालिका को आर्थिक बर्ष २०७७÷०७८ को स्वीकृत कार्यक्रम अनुसार शौचालय निर्माण भएको हो ।

गाउपालिकाबाट रु ६ लाख ७२ हजार सो शौचालय निर्माणको लागि सहयोग भएको थियो । स्थानिय स्रोतबाट रु १ लाख २ हजार २ सय ८ रुपैया २२ पैसा बेहोर्नु पर्ने स्टिमेट भएता पनि स्थानीय श्रोतबा स्टिमेट भन्दा धेरै काम गरेको बिद्यालय ब्यवस्थापन समितिले जनाएको छ । गुम्बामा संचालित हिसे होसर सेरफ रडिलिङ बिद्यालयमा सुबिधा सहितको शौचालय गाउँपालिका अध्यक्ष जित बहादुर राईले उद्धघाटन गरे ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष साबित्रा भट्टराई गाउँपालिकाका योजना शाखा प्रमुख , गाउपालिकाका प्राबिधिक ,शिक्षा शाखा प्रमुख , कर्मचारी सबिभिन्न रानजनैतिक दलका प्रतिनिधि ,स्थानिय समाजसेवीहरु आङपासाङ शेर्पा मदन भण्डारी राम राइ छिरिङ मोक्तान कुसुम दाहाल लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

गुम्बाले सोचेको भन्दा राम्रो शौचालय निर्माण गरेकोमा उपस्थित सबैले खुसी समेत ब्यक्त गरेका थिए । गुम्बामा शौचालय निर्माणको लागि आर्थिक सहयोग गरेकोमा गाउँपालिका टिमलाइ गुम्बाका लामा तथा गुम्बा परिवारले धन्यवाद समेत ब्यक्त गरेको छ ।

माईजोगमाई गाउँपालिकामा धर्मिक बिद्यालयहरु खुल्ने क्रम बढिरहेको अवस्थामा बौध शिक्षा लिनको लागि माइजोगमाइ गाउँपालिका बाहिर जानु नपर्ने अवस्था को सिर्जना गर्नको लागि बौद्ध शिक्षाको कक्षाहरु समेत थप गर्ने बिद्यालय ब्यवस्थापन समितिले बताएको छ । माईजोगमाइ गाउँपालिकामा हाल बिकासको काम तिब्र रुपमा भइरहेको छ । स्थानीय जनप्रतिनिधिहरु आएर गाउँपालिकाको बिकासमा थप टेवा पुगेको स्थानीयको भनाइ समेत रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार