इलाम : इलाम जिल्लामा सञ्चालनमा आएको सुरक्षित आप्रवासन परियोजना (सामी) इलामले चालु आर्थिक बर्षसम्म कार्यक्षेत्रमा कार्यसम्पादनको आधारमा तिन कर्मचारी र प्रवासबाट फर्किएर आएका आठजना व्यवसायीलाई सम्मानित गरेको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको विशेष उपस्थितीमा परियोजनाको २४ कर्मचारी मध्ये तीन विधाका कर्मचारीलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा सुर्याेदय नगर पालिकाका फोकल पर्सन एवं मनोसामाजिक परामर्शकर्ता जिज्ञासा गोले तामाङ्ग, इलाम नगरपालिका वित्तिय साक्षरता सहजकर्ता निलिमा भट्टराई, सुर्याेदय नगरपालिका-१४ का रिटर्नी स्वयम–सेवक अर्जुन अधिकारी रहेका छन ।
त्यस्तै प्रवासबाट फर्किएर स्वदेशमा स्वरोजगार भई व्यवसाय सञ्चालन गरिरहेका इलाम नगरपालिकाका सामाजिक क्षेत्रमा समेत क्रियाशिल अनुग्रह कृषि फर्मका बुद्धिमान राई, पुष्पस्नेह ललिपप उद्योगका राम कुमार लिम्बु, देउमाई नगरपालिका गजुरमुखी दर्शन डेरी उद्योगका अशेष कुमार बुढाथोकी,गजुरमुखी टेलरिङका पवित्रा नेपाली सुर्याेदय नगरपालिका समाल्बुङ्ग अर्गानिक तरकारी खेतीका संगम गिरी, सम्मानित भएका हुन् ।
त्यसैगरी पशुपालन तथा तरकारी उत्पादन व्यवसायी झुमा राई माङ्सेबुङ गाउँपालिका अनुग्रह गाई फार्मका राम कुमार राई , माङ्सेबुङ खाँडी तथा ढाका उद्योगका तिलरुपा सवेहाङ्गलाई प्रेरणादायी व्यक्तित्वका रुपमा सम्बन्धित नगरपालिकाहरुको सिफारिसमा खदा तथा सम्मान पत्रद्धारा सम्मान गरिएको छ ।

कार्यक्रम इलाम नगरपालिका प्रशासन अधिकृत राम कुमार शाह, सामी हेल्भटासका कार्यक्रम अधिकृत राम कुमार लाल कर्ण, सुरक्षित आप्रवासन परियोजनाका (सामी) इलामका कार्यक्रम संयोजक इश्वरी तामाङ्ग लगायतले सम्माननित व्यक्तित्वहरुको उज्वल व्यवसायिक भविष्यको शुभकामना व्यक्त गरेका थिए ।
सम्मानित हुने संगम गिरी,आशिष बुढाथोकी,बुद्धिमान राई, पवित्रा नेपाली,झुमा राई लगायतले आयोजक प्रति धन्यवाद व्यक्त गर्दै इच्छाशक्ति भए स्वदेशमा नै स्वनिर्भर भई व्यवसाय सञ्चलन गर्न सकिने सम्भावना रहेकोले समयको महत्वको बुझ्नुपर्ने बताए । उनीहरुले श्रमघण्टाको मूल्य बुझ्न पनि अल्छि युवा जमातलाई एक पटक विदेश पुग्नु पर्ने धारणा राखे ।
त्यस्तै परियोजनाको काम,कर्तव्य उपलब्धि आगामि कार्ययोजनामा प्रहरीको समन्वयमा बारे जानकारी गराउने उदेश्यले प्रहरी संगको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी उपरिक्षक नविन राज राई,प्रमुख जिल्ला अधिकारी ध्रुव खड्का, परियोजना सामी,हेल्भटासका कार्यक्रम अधिकृत राम कुमार लाल कर्ण ,कार्यक्रम संयोजक इश्वरी तामाङ,मनोसामाजिक परामर्श कर्ता कल्पना गजमेरले सहजीकरण गरेका थिए । इलाममा गत आ.ब. २०७६÷०७७ मंसिरबाट परियोजना संचालनमा आएको छ ।