Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

वडा नं १४ को युवा क्लबको अध्यक्षमा तिम्सिना

वडा नं १४ को युवा क्लबको अध्यक्षमा तिम्सिना

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र २२ २०७७


वडा नं १४ को युवा क्लबको अध्यक्षमा तिम्सिना

फिक्कल । इलामको सूर्योदय नगरपालिका–१४ मा शेखर तिम्सिनाको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरिय युवा क्लब गठन गरिएको छ । क्लबको उपाध्यक्षमा कृष्ण कला ढुङ्गेल, सचिव युनेश लुइटेल, कोषाध्यक्ष मनिषा राई रहेका छन् ।

सदस्यहरुमा चेतन अधिकारी ,सरु ढुङ्गना, साधना राई, प्रतिमा राई, अभिसेक ढकाल, राम प्र अधिकारी , केशब भट्ट, सपना समाल, विनिशा राई, टिकेन्द्र मिजार र रोशन योङ्गहाङ्ग सर्वसम्मत रुपमा चयन भएका छन् ।

वडा सदस्य इन्द्रदेवी पौडयालको अध्यक्षतामा भएको क्लब गठन कार्यक्रममा वडा सदस्य रमला देवि लोहार , वडा सचिव शुक्र राज राई , प्राबिधिक सोम राई , वडा सामाजिक परिचालिका यमुना लुइटेल अधिकारी, कम्प्युटर अपरेटर प्रतिमा काफ्ले, नगरपालिका सामाजिक परिचालिका ललिता राई , सरला तामाङ्ग लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार