Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नयाँ बर्षमा फालेलुङ गाउँपालिकाको तीनसिमानामा चौरी पर्यटन महोत्सव हुने

नयाँ बर्षमा फालेलुङ गाउँपालिकाको तीनसिमानामा चौरी पर्यटन महोत्सव हुने

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र २१ २०७७


नयाँ बर्षमा फालेलुङ गाउँपालिकाको तीनसिमानामा चौरी पर्यटन महोत्सव हुने

पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिकामा वैशाख १ गते चौँथो फालेलुङ चौरी पर्यटन महोत्सव २०७८ आयोजना हुने भएको छ । फालेलुङ गाउँपालिका–४ मा रहेको तिनसिमाना क्षेत्रमा महोत्सव आयोजना हुने भएको हो ।

दीपज्योति युवा क्लब, फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवर्धन संस्था, कञ्चनजंघा चौरीपालन तथा संरक्षण संस्थाको संयुक्त आयोजनामा महोत्सव हुने दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल वान्तावा राईले जानकारी दिए ।

परम्परागत चौरी पालनलाई व्यवस्थित र व्यावहारिक तरिकाले पालन गरि दिगो आयआर्जन बढाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवको प्रवर्धकमा फालेलुङ गाउँपालिका र फालेलुङ गाउँपालिका ४ नम्बर वडाको कार्यालय रहेको छ ।

महोत्सवमा चौरी तथा याकको प्रजातिहरुको प्रदर्शनी, भुटानबाट नश्ल सुधारको लागि ल्याइएको याकको प्रदर्शनी, चौरीबाट उत्पादित वस्तुहरुको प्रदर्शनी तथा बिक्री, तीनसिमाना क्षेत्रको मनोरम दृश्यहरुको दृश्यावलोकन, गोठ स्टेको अनुभव लिन सकिने बताइएको छ । महोत्सवमा छिमेकी देश भारतसहित भुटानबाटसमेत अवलोकन गर्न आउने आयोजकले अपेक्षा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार