फिक्कल । रजत जयन्ती तथा सहकारी दिवसको अवसरमा सूर्योदय नगरपालिका–१४ मा रहेको माउण्ट भ्यू बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सेयर सदस्य र उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । सकारीले ७० बर्षमाथिका सेयर सदस्य र एसइईमा उत्कृष्ट अंक ल्याउने छात्र सुजन तिवारी र छात्रा सिसम सिजाली मगरलाई सम्मान गरेको हो ।
संस्थाका अध्यक्ष बिष्णु प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा क्षेत्रमा समाजसेवीहरुको आतिथ्यता रहेको थियो । यस्ता कार्यक्रमले आगामी दिनमा थप सेयर सदस्यमा उर्जा बढ्ने र विद्यार्थी बर्गमा प्रेरणा मिल्ने भएकोले कार्यक्रम आयोजना गरिएको अध्यक्ष आचार्य जानकारी दिए ।