Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

कृषि तथा पशु शाखाका प्राविधिकहरुलाई क्षमता अभिवृद्धि तालिम

कृषि तथा पशु शाखाका प्राविधिकहरुलाई क्षमता अभिवृद्धि तालिम

  • चेतन अधिकारी
  • शुक्रबार, चैत्र २० २०७७


कृषि तथा पशु शाखाका प्राविधिकहरुलाई क्षमता अभिवृद्धि तालिम

फिक्कल । । इलाम जिल्लाका १० वटै स्थानीय तहमा कार्यरत कृषि तथा पशु शाखाका प्राविधिकहरुलाई योजना तर्जुमा, तथ्यांक व्यवस्थापन तथा किसान सूचीकरण सम्बन्धी तिन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र इलामको आयोजना तथा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश न–१ को सहकार्यमा १८ गतेबाट सुरु तालिम आज समापन गरिएको हो ।

कृषि ज्ञान केन्द्र इलामका कृषि प्रसार अधिकृत रुजन खडकाको अध्यक्षता एवम प्रदेश न–१ को एडिएस एक्सपर्ट दशरथ मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । योजना तर्जुमा, तथ्यांक व्यवस्थापन तथा किसान सूचीकरण सम्बन्धी तिन दिने क्षमता अभिवृद्धि तालिम उपलब्धि मुलक रहेकाे कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवा बताए ।

हरेक नगरपालिकामा कार्यरत कृषि तथा पशु शाखाका प्राविधिकहरुको उपस्थितिले कृषि ज्ञान केन्द्र इलाम को भाबि कार्यक्रम अझ सशक्त ढङ्गले अघि बढ्नेमा आफु विश्वस्त रहेको उनले बताए । अबको आर्थिक बर्ष ०७८र०७९ मा अझ नयाँ र धेरै किसान लाभान्वित हुने कार्यक्रमको योजना बनाउँदै उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार