दमक । युवतीलाई बन्धक बनाई यौन धन्दा चलाएको आरोपमा दमकबाट दुईजना महिला पक्राउ परेका छन्। साथै‚ प्रहरीले घटनास्थलबाट १७ देखी ३९ वर्ष उमेर समूहका आठजना युवतीलाई उद्धार समेत गरेको छ।
बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा मोरङ पथरीशनिश्चरे नगरपालिका९३ की ३८ वर्षीया उर्मिला नेम्बाङ र इलामको चुलाचुली गाउँपालिका -४ की ३८ वर्षीया बन्ठी भन्ने नन्दिता साँवा लिम्बुलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। उक्त घर नेम्बाङको हो ।
उनीहरुले दमक नगरपालिका९६ स्थित नयाँ सब्जी मन्डीमा घर भाडामा लिएर युवतीहरूलाई बन्धक बनाएर यौन धन्दा चलाउँदै आएको प्रहरीको भनाइ छ। पीडित महिलाहरूले आफूहरु कामको खोजीमा दमक आएको र काम दिन्छु भन्दै बन्धक बनाएर यौन शोषण गराउँदै आएका बताएको प्रहरीले जनाएको छ।
उद्धार गरिएका युवती तथा महिलाहरूलाई झापा जिल्ला अदालत भद्रपुरमा पेस गरी आफन्तजनलाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका नेम्बाङ र लिम्बुलाई मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थपेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको डिएसपी थापाले बताए।