Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

तिमसिनाको नेतृत्वमा इलाममा प्रेस संगठन निर्वाचनमा होमिने

तिमसिनाको नेतृत्वमा इलाममा प्रेस संगठन निर्वाचनमा होमिने

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र १७ २०७७


तिमसिनाको नेतृत्वमा इलाममा प्रेस संगठन निर्वाचनमा होमिने

इलाम । सुजन तिमसिनाको नेतृत्वमा प्रेस संगठन नेपाल इलाम आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा सहभागि हुने भएको छ । संगठनले प्रेस विज्ञप्ती जारी गर्दै महासंघमा आफ्नो प्रतिनिधित्वका लागि निर्वाचनमा होमिने निर्णय गरेको हो ।

संगठनले अध्यक्षमा तिमसिना सहित महिला उपाध्यक्षमा बुद्धमाया सोङ्मी, सहसचिव राजेश पराजुलीलाई उम्मेदवारको रुपमा अघि सारेको छ । संगठनले खुल्ला सदस्यमा नमिन ढकाल, संगीता थामी, धमप्रसाद जवेगु र लिला बहादुर लिम्बुलाई अघि सारेको छ । केन्द्रिय निर्वाचन समितिले निर्वाचनको कार्यक्रम घोषणा गरेसंगै इलाममा पनि पत्रकारका पेशागत संगठनहरुबिच छलफल निरन्तर चलिरहेका थियो ।

शाखामा समानुपातिक सहभागिताबाट चयन गर्ने छलफलका एजेण्डामा सकारात्मक रुपमा संगठनको सहभागिता भएता पनि नेतृत्व दावी गर्ने प्रेस युनियनले समानुपातिक छनौटमा अनुदार मात्र नभई बाइपास गर्ने हर्कतको निन्दा गर्दै अध्यक्ष सहितका केही पदमा उम्मेदवारी दिने निर्णय भएको संगठनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

तिमसिना वर्तमान कार्य समितिका उपाध्यक्ष हुन् । सोङ्मी महिला उपाध्यक्ष, पराजुली खुल्ला सहसचिव र ढकाल सदस्य छन् । अन्य उम्मेदवारहरु पहिलो पटक निर्वाचनमा सहभागिता जनाउन लागेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार