इलाम । महिला उद्यमी संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट सुशिला सापकोटा अध्यक्षको रुपमा चयन भएकी छन् । शनिबार सापकोटाको अध्यक्षतामा १६ सदस्यीय समिती सर्वसम्मत रुपमा चयन भएको हो ।
बरिष्ठ उपाध्यक्षमा मिलनकुमारी खत्री , उपाध्यक्षहरु लिला भट्टराई , दिव्या भट्टराई र रोमी पौडेल चयन भएका छन । महासचिव उषा निरौला , सचिव कमला बास्कोटा र कोषाध्यक्षमा तिर्थ रञ्जितकार चयन भएका छन । सदस्यहरुमा अनीता दहाल , सृजना दहाल विष्ट , पदम कुमारी विक , ममता खनाल , दुर्गा कटुवाल , दिपा गुरुङ्ग , लिला खत्री र समिता लिम्बु चयन भएका छन ।
इलाम नगरपालिकका प्रमुख महेश बस्नेतको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको थियो । महिलालाई उद्यमशीलता तर्फ लाग्न नगरले जोड दिएको बताउँदै नगर प्रमुख बस्नेतले उद्यम गर्न चाहानेको लागि प्रशस्त अवसर रहेको बताए ।
कार्यक्रममा संघको फाकफोकथुम गाउँपालिका संयोजक ममता खनाल , हरितनगर महिला समुहको अध्यक्ष रिना घिमिरे , इलाम उद्योग बाणिज्य संघ अन्तर्ग महिला उद्यमी इकाई महासचिव सुनिता कर्माचाय लगायतले मन्तव्य राखेका थिए ।
संघकी महासचिव उषा निरौलाले वार्षिक प्रगति र आर्थिक प्रतिवेदन र उपाध्यक्ष मिलन कुमारी खत्रीले स्वागत मन्तव्य राखेकी थिइन् । यसैबीच कार्यक्रममा उद्यमी देविका लिम्बु सम्मानित भएकी छन् । लामो समय ढाका उद्योग संचालन गरी उद्यममा सफलता प्राप्त गरेको र धैरैलाई उद्यम तर्फ प्रेरित गरेको भन्दै संघले सम्मान पत्रद्धारा सम्मान गरेको हो ।
उद्यमशीलतामा महिलाहरुको पहुँच वृद्धि गर्दै लैजान , आर्थिक र सामाजिक रुपमा स्तर उन्नति भएमा राष्ट्रलाई माथि उठाउन सघाउ पु¥याउने उदेश्यले स्थापित संघमा हाल ३० बढी उद्यमी महिला आबद्ध छन । संघले इलामको दश वटै स्थानीय तहमा संघ विस्तार गर्न पहल गरीरहेको जनाएको छ । निगरानीबाट