Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पञ्चकन्या सिंहदेवी मन्दिर संरक्षण समितिको पाँचौ साधारण सभा सम्पन्न

पञ्चकन्या सिंहदेवी मन्दिर संरक्षण समितिको पाँचौ साधारण सभा सम्पन्न

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र १४ २०७७


पञ्चकन्या सिंहदेवी मन्दिर संरक्षण समितिको पाँचौ साधारण सभा सम्पन्न

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिका वडा नं १ लप्सीबोटेमा रहेको श्री पञ्चकन्या सिंहदेवी मन्दिर संरक्षण समितीको पाँचौ साधारण सभा आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष जित बहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम मन्दिर संरक्षण समितिका अध्यक्ष सुवास कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी राईले गाउँपालिकाको मुख्य सडक फिक्कल गुप्ती नयाँबजार सडक खण्डले छुने उक्त मन्दिर माईजोगमाईको एक महत्वपूर्ण पर्यटकीय स्थल रहेको कारण यसको बिकासको लागि आगमी बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।  हालसम्म गाउँपालिकाले मठ मन्दिरको बिकासको लागि ठूलो रकम खर्च गरिसकेको बताउँदै उनले आगमी बजेटमा पञ्चकन्या सिंहदेवी मन्दिरलाइ पनि समेट्ने बताए ।

वडा नं १ का वडाध्यक्ष याम कुमार कार्कीले माइैजोगमाइै गाउँपालिकाको वडाहरुमा सिमित बजेट मात्र हुने भएको हुँदा यस मन्दिरको सोचेजति बिकास गर्न नसकेको र मन्दिर संरक्षण समितिको बिधान समेत परिवर्तन गर्दै अगाडि बढ्नुपर्ने बताए । पटक पटक पुराण समेत निःशुल्क बाचन गर्दै अक्षय कोष समेत राखेर मन्दिरको बिकासमा सहयोग गर्न पाउँदा आफू खुसी रहेको पण्डित अन्नत शरण पौडेलले बताए ।

सुर्योदय बाट माइैजोगमाइै–१ मा रहेको पञ्चकन्या सिंहदेवी मन्दिरमा सहयोग गर्न पाउदा फिक्कलका केदारनाथ अर्याल ले खुसी ब्यक्त गरे। बोल्ले क्रममा आफू जन्मेको हुर्केको ठाउँको बिकास हुँदा आफूलाई खुसी लाग्ने कुसुम दाहालले बताइन्। मन्दिरको अगाडिको भागमा रहेको बाघको मूर्ति समेत बनाइ बिभिन्न मठ मन्दिरमा मुर्ति बनाउदै आएका मूर्तिकार तथा कलाकार ख्याम निरौलाले आफ्नो ठाउहरु प्रचार प्रसारको कमीले ओझेलमा परेको बताए । उनले सबै मिलेर पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारमा लाग्नुपर्ने बताए ।

मन्दिरको बृद्दि बिकासमा सहयोग पु¥याउने प्रणामी युवा परिषद जिल्ला कार्यसमिति इलाम , एन्जेस स्टोर सुर्योदय नगरपालिका फिक्कल , सुर्योदय हार्डवेयर फिक्कल , केदारनाथ अर्याल सुर्योदय नगरपालिका , कुसुम दाहाल, डाइनामिक हार्डवेर नयाँबजार , ख्याम निरौला , बिर बहादुर थामी, तिल बिक्रम घले जम्मा १० जनालाइ सम्मान समेत गरिएको थियो

हालसम्मको प्रगति बिवरण समितिका सचिब घनश्याम निरौलाले प्रस्तुत गरेका थिए । समितीको कोषाध्यक्ष सकुन्तला पौडेलले आर्थिक प्रतिबेदन गरेकी थिइन् । आज नै साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । नवगठित समितिको अध्यक्षमा बिनु मगर निर्वाचित भइन् । नया समिती गठन गर्दा अरु पदका लागि सहमती भए पनि अध्यक्ष पदका लागि ३ जनाले नाम दिएपछी मतदानबाट छानिएको थियो ।

अध्यक्ष पदको उम्मेदवारका लागि शालिग्राम पौडेल, बिनु मगर र यान बहादुर कार्किले उम्मेदवारी दिएका थिए । जम्मा ८२ जनाले मतदान गर्दा बिनु मगरले ३३ मत, शालिग्राम पौडेलले ३१ तथा यान बहादुर कार्किले १७ मत प्राप्त गरे । उपाध्यक्षमा सकुन्तला पौडेल , सचिबमा घनश्याम निरौला , सहसचिब तिर्थराज अधिकारी , कोषाध्यक्षमा प्रेम कुमारी पौडेल , गरी जम्मा १४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

३ बर्षको अवधिमा ५ लाख ७० हजार आम्दानी भएकोमा १७ हजार पाँच सय बचत रहेको कुरा नवगठित समितिका सचीव निरौलाले बताए । कार्यक्रममा माइजोगमाइ गाउपालिका वडा नं १ मा रहेका स्थानिय सुर्योदय नगरपालिका का समाजसेवीहरु स्थानिय समाजसेवी बुद्दिजिबि मन्दिरको संरक्षक पूर्ण कुमारी निरौला धर्मप्रेमी संचारकर्मी लगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा चन्द्रकला काफ्लेले स्वागत मन्तब्य राखेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार