Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र १३ २०७७


कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन

काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ। शुक्रबार राति साढे ८ बजे जोशीको निधन भएको उनका स्वकीय सचिव पुष्कर पाण्डेले जानकारी दिए। ५७ वर्षीय जोशीलाई ठिक एक महिना पहिले फागुन १३ मा मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। सोही अस्पतालमा उनको उपचारका क्रममा ज्यान गएको हो।
संविधानसभामा काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित जोशी काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर हुन्। २०३६ सालबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिमा लागेका जोशीले नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेदारी सम्हालेका थिए।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका जोशीका बिभिन्न पत्रपत्रिकामा राजनीतिक लेख रचना प्रकाशित हुँदै आएका छन्। उनी गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानका संस्थापक तथा अध्यक्ष पनि थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार