Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामकाे पुवाखोला १ बाट विद्युत उत्पादन शुरु

इलामकाे पुवाखोला १ बाट विद्युत उत्पादन शुरु

  • लोकल सन्देश
  • बुधबार, असोज २५ २०७४


इलामकाे पुवाखोला १ बाट विद्युत उत्पादन शुरु

इलाम । इलाम नगरपालिका र देउमाइ नगरपालिका क्षेत्रमा रहेको पुवाखोलाबाट उत्पादित पुवाखोला १ हाइड्रो पावरले विद्युत उत्पादन सुरु गरेका छ । ४ मेगावट क्षमताको सो जलविद्युत आयोजनाले गत असोज ६ गतेबाट विद्युत परिक्षण उत्पादन सुरु गरेको हो । हाल उक्त आयोजनाको बालनगाउँ बेँसीमा रहेको पावरहाउसबाट २ दशमलब ८ मेगावाट विद्युत उत्पादन भइ काबेली कोरिडोर अन्तर्गत गोदकस्थित सबस्टेसन मार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । ७२ करोड रुपैयाँ लगानीमा निर्माण भएको हाइड्रो पावरको हालसम्म ९७ प्रतिशत निर्माणको काम पुरा भइसकेको प्रोजेक्ट मेनेजर उत्तम थापाले जानकारी दिए ।
इन्टेक, पावरहाउस र अन्य केहि स्थानमा निर्माण बाँकी नै रहेपनि परीक्षण विद्युत उत्पादन भइरहेको उनले बताए । पुवाखोलाको पानीलाई सदुपयोग गरी विद्युत उत्पादनका लागि आयोजनाले शान्तिडाँडा बेँसीमा इन्टेक निर्माण गरि लामो पाइपलाइनबाट पावरहाउससम्म पानी पु¥याएको छ । १०८ मिटर हेड रहेको पेनस्टक पाइपबाट पावरहाउसमा विद्युत उत्पादन गरिएको हो । पावरहाउसदेखि उत्पादित विद्युतलाई गोदकको सबस्टेसनसम्म ल्याएर राष्ट्रिय प्रसारणमा जोड्नका लागि साढे ६ किलोमिटर प्रसारण लाइन निर्माण समेत सम्पन्न भएको छ ।
गत पुष महिनामा नै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको आयोजनाको जग्गा विवाद र प्रसारण लाइन निर्माण ढिलाइका कारण असोजमा मात्र निर्माण सम्पन्न भएको हो । पुवाखोला १ हाइड्रो पावर कम्पनीको प्रवद्र्धनमा सम्पन्न आयोजनाको लागि सिदार्थ बैङ्क र सिटिजन बैङ्कले लगानी गरेका छन् ।
इलामवाट ७५ मेगावाट
पुवाखोला १ हाइड्रो निर्माण भएसँगै इलाममा आठवटा हाइड्रो पावर आयोजना निर्माण सम्पन्न भइ विद्युत उत्पादन भइरहेका छन् । जिल्लाबाट हाल ७५ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । यसअघि विद्युत प्राधिकरण मार्फत बनेको इलाम जलविद्युत केन्द्र, सानिमा माइ हाइड्रो मार्फत दुइ वटा, अपरमाई दुई वटा, हिमाल दोलखा एक, जोशी हाइड्रो निर्माण सम्पन भइ विद्युत उत्पादन भइरहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार