Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामबाट सुरु हुँदै पुर्वाञ्चल गट ट्यालेन्टको अडिसन

इलामबाट सुरु हुँदै पुर्वाञ्चल गट ट्यालेन्टको अडिसन

  • रोशन काफ्ले
  • शुक्रबार, चैत्र १३ २०७७


इलामबाट सुरु हुँदै पुर्वाञ्चल गट ट्यालेन्टको अडिसन

फिक्कल । पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को पहिलो अडिसन २०७७ चैत्र १४ गते शनिवार इलामको फिक्कल माबि बाट सुरु हुदैछ । टिन्ज डान्स सेन्टर धनकुटाको मुख्य आयोजनामा सुरु हुन गइरहेको अडिसन इलामबाट सुरु हुने भएको हो ।

पुर्वाञ्चल गट ट्यालेन्ट गायन तथा नृत्य बिधाबाट प्रतिस्पर्धि हरु छान्दैछन् । ३ सिजनको अपार सफलता पछि चौथो सिजन ल्याउन लागेको जनाइएको छ । पुर्वान्चल गट ट्यालेन्टको इलामको निर्णायकहरुमा गायन तर्फ झापा सरगम सङ्गितालयका प्रशिक्षक मणि बर्देवा इलामे गायक लेखु विवस तथा नृत्य तर्फ भिभा डान्स सेन्टर इलामका प्रशिक्षक संकोज श्रेष्ट रहने पुर्वान्चल गट ट्यालेन्ट सिजन ३ का बिजेता तथा पुर्वान्चल गट ट्यालेन्ट इलामका संयोजक प्रविन बिसिले लोकल सन्देशलाई जानकारी दिए ।

इलाम अडिसन इलामको फिक्कल माबिमा पहिलो हुने र अन्य ठाउहरुमा समेत अडिसन हुने बिसिले जानकारी दिए । पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को गायन तर्फको विजेताले स्कुटर र  पाँच लाख बराबरको जीवन बिमा म्युजिक रेकर्डिङ गर्ने मौका पाउनेछन भने डान्स तर्फको बिजेताले पनि स्कुटर पाँचलाख बराबरको जीवन बिमा र गायत तथा नृत्य तर्फका बिजेताहरुलाई सिङ्गापुर भ्रमण समेत गर्न पाउने बिसीले जानकारी दिए ।

फस्ट रनर अपले रु दुई लाख बराबरको जिवन बिमा ट्रफी मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन । जिल्ला अडिसन पछि मुख्य कार्यक्रम धनकुटामा हुने जनाइएको छ । कार्यक्रमको मुख्य निर्णायकहरुमा गायन तर्फ राष्ट्रिय गायक प्रमोद खरेल , बुद्धि लिम्बू तथा नृत्य तर्फको निर्णायकमा बिनु शाक्य र सुमन योगि रहने बिसिले लोकल सन्देशलाई जानकारी दिए

प्रतिक्रिया
सम्बन्धित समाचार