Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

४० वर्ष भारतीय जेलमा बसेर घर फर्केका दुर्गाले आज नागरिकता लिँदै

४० वर्ष भारतीय जेलमा बसेर घर फर्केका दुर्गाले आज नागरिकता लिँदै

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र १२ २०७७


४० वर्ष भारतीय जेलमा बसेर घर फर्केका दुर्गाले आज नागरिकता लिँदै

इलाम। अदालती प्रक्रिया बिना ४० वर्ष भारतीय जेलमा राखिएका दुर्गाप्रसाद तिम्सिना गएको शनिबार घर आएसँगै आज ९बिहीबार० नागरिकता लिने भएका छन् ।नागरिक बनाउनका लागि आज परिवार र सहयोगीसँगै जिल्ला प्रशासन कार्यालय आएको उनका भतिज गोपाल तिम्सिनाले बताए ।

मार्इ नगरपालिका लुम्बाकस्थित घरबाट सदरमुकाम हिँडिसकेको पनि उनले बताए ।२० वर्षको उमेरमा फुएतप्पाबाट २०३७ सालमा घरबाट निस्केका दुर्गाप्रसाद बेपत्ता भएका थिए । दार्जिलिङ्ग पुगेर चिया कमानमा काम गरिरहेका उनलाई महिला हत्या आरोपमा दार्जिलिङ्ग प्रहरी पक्राउ गरी दार्जिलिङ्ग, सिलगुढी र पछिल्लो समयमा कलकत्ताको दमदम जेलमा राखिएको थियो ।

कलकत्ताको उच्च अदालतले रिहाई गर्न आदेश दिएसँगै शनिबार माई नगरपालिकास्थित लुम्बाक घरमा आएर उनी ८५ वर्षीया आमा, भाइको परिवारसँग बस्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार