Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नेकपा माओवादी केन्द्र इलाम नगरको विस्तारित बैठक सम्पन्न

नेकपा माओवादी केन्द्र इलाम नगरको विस्तारित बैठक सम्पन्न

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र १० २०७७


नेकपा माओवादी केन्द्र इलाम नगरको विस्तारित बैठक सम्पन्न

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलाम नगर कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष प्रवाश शर्माको अध्यक्षता, जिल्ला कार्यालय सदस्य शान्ता बस्नेतको प्रमुख आतिथ्यता एवं जिल्ला पार्टी नेताहरुको उपस्थितिमा महत्त्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएकाे हो । ।

बैठकले अध्यक्षमा प्रवास शर्मा, सचिव तारानिधि घिमिरे कार्यालय सदस्यहरु विक्रमजित राई, हेमप्रसाद राई, विविमाया लिङदम रहेको २७ सदस्यीय सचिवालय र सदस्य गरि ८१ सदस्यीय नगर कमिटी गठन गरेको ५ । आजको बैठक बाट चैत भरिको पार्टी सुदृढीकरण, प्रशिक्षण एवं संगठन निर्माण गर्ने अभियान बनाइ जिम्मेवारी समेत तोकेको छ ।

विस्तारित बैठकमा पार्टीको जिल्ला कार्यालय सचिव ।प्रकाश परियार, जिल्ला सदस्य एवं वाइसीएल इलाम अध्यक्ष विक्रम लिम्बू, जिल्ला सदस्य गन्जु प्रधान, जिल्ला सदस्य श्याम राई, जिल्ला सदस्य नमुना शंकर र अखिल क्रान्तिकारी इलाम अध्यक्ष विपिन पोख्रेलको आतिथ्यता रहेको थियो । बैठकमा अतिथिबाट प्रशिक्षणमुलक मन्तव्य समेत राखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार