Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलामका दीपक ४० वर्षपछि भारतीय जेलबाट छुटे

इलामका दीपक ४० वर्षपछि भारतीय जेलबाट छुटे

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र ७ २०७७


इलामका दीपक ४० वर्षपछि भारतीय जेलबाट छुटे

इलाम । भारतको कारागारमा ४० वर्ष थुनामा रहेका इलामको माई नगरपालिका-१० का दीपक जैसी (दुर्गाप्रसाद तिम्सिना) थुनामुक्त भएका छन्। उनी शनिबार दिउँसो थुनामुक्त भएका हुन्। पश्चिम बंगालको कोलकतास्थित दमदम सेन्ट्रल करेक्सनल होममा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका तिम्सिनालाई रिहाइ गर्न उच्च अदालत कोलकताको आदेशमा थुनामुक्त भएका हुन्।

उच्च अदालतले उनलाई रिहाइ गर्न बुधबार आदेश दिएको थियो। अदालतको आदेश आएपछि भाइ प्रकाशचन्द्र तिम्सिना र सहयोगी संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेत कोलकाता पुगेका थिए। दीपकलाई चन्द्रप्रकाशको जिम्मामा थुनामुक्त गरिएको हो।

दीपकबारे उनी पक्राउ परेको स्थान भारतको दार्जिलिङ वा कोलकाता उच्च अदालतलाई ६/६ महिनामा जानकारी गराउनुपर्ने छ।

प्रतिक्रिया
सम्बन्धित समाचार