Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

मेयर संग बालबालिका

मेयर संग बालबालिका

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र ५ २०७७


मेयर संग बालबालिका

माई : मेयर संग बालवालिका संवाद कार्यक्रम बिहिबार माई नगरपालिका ईलाममा सम्पन्न भएको छ । माई नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा  बालबालिकाले  नगर प्रमुख दिपककुमार थेबेसँग बालबालिकाका समस्याका बारेमा खुलेर प्रश्न राखेका थिए ।

सहभागि वालवालिकालाई नगर प्रमुख थेबेले उत्तर दिँदै बालअधिकार अधिकार प्राप्तिमा अब कुनै समस्या हुन नदिने प्रतिबद्दता व्यक्त गरे । बालबालिकाहरुले बिधालय कक्षा कोठाको समस्या, अव्यबस्थित बसाई, खानेपानी तथा वालमैत्री संरचना लगायतका बिषयमा सरोकारबालालाई प्रश्न सोधेका थिए ।

नगर भित्रका सय भन्दा बढी बालबालिका सहभागी रहेको कार्यक्रममा मेयर थेबे, उपमेयर बिष्णुमाया आचार्य, प्रशासन शाखा प्रमुख नबिन कुमार पौड्याल, महिला शाखा प्रमुख जमुना पौड्याल, कन्काई माबिका प्रधानाध्यापक हरि प्रसाद पौड्याल लगायतले वालबालिकाका सबालमा जबाफ दिएका थिए । यसै विच बिहिबार नै माई नगरपालिका भित्रका माध्यामिक बिधालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार