फिक्कल । इलाम सूर्योदय नगरपालिका ३ रुङसुङमा आज दिउँसो पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४३ बर्षीय रेसम बहादुर राय रहेका छन् । मे १ ज १२४१ नम्बरको फिकअप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घटना भएको थियो ।
घाइते भएका रेसमलाई उपचारको लागि फिक्कल अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ ।