इलाम । धुर्मस सुन्तली फाउण्डेसनले जनस्तरको सहयोगमा निर्माण थालेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि इलामको राष्ट्रप्रेमी युवा सञ्जालले समेत सहयोग प्रदान गरेको छ । सञ्जालले ‘हामी बनाउँछौ हाम्रो रंगशाला’ अभियानका लागि ६० हजार ५ सय १६ रुपैया सहयोग रकम प्रदान गरेको हो ।

सञ्जालका प्रतिनिधिहरुले चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण भइरहेको रंगशालाको लागि रकम फाउण्डेसनका अध्यक्ष कलाकार सिताराम कट्टेल धुर्मुस लाई प्रदान गरे । इलाम बजार आसपासको क्षेत्रका २ सय १३ जना युवा, विद्यार्थी एवम व्यवसायीहरुबाट सहयोग रकम संकलन गरेर रंगशाला निर्माण अभियानका लागि प्रदान गरिएको सञ्जालका सदस्य चेतन अधिकारीले जानकारी दिए ।