Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

अनेरास्ववियू र नेकपाले सम्झियो सुखानी शहीद

अनेरास्ववियू र नेकपाले सम्झियो सुखानी शहीद

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन २१ २०७७


अनेरास्ववियू र नेकपाले सम्झियो सुखानी शहीद

इलाम । ४८ औ सुखानी शहीद स्मृति दिवस इलाममा विविध कार्यक्रम गरि मनाइएकाे छ । दिवसकै अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) इलामले दिपप्रज्वलन गरेको छ । २०२९ साल फागुन २१ गते इलाम र झापाको सिमानामा पर्ने सुखानीमा तत्कालिन पञ्चयाती शासकले गोली हानि हत्या गरेका ५ जना बामपन्थी शहीदहरुको सम्झनामा प्रचण्ड–माधव समुह निकट विद्यार्थी संगठनले महेन्द्र रत्न बहुमुखी क्याम्पसमा दिपप्रज्वल गरेको हो ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलाम नगर कमिटीले समेत शहीदहरु सम्झिएको छ । शहिद प्रतिष्ठानमा कार्यक्रम गर्दै श्रद्धाञ्जली अपर्ण गरेको हो । श्रद्धाञ्जली कार्यक्रममा नेकपा जिल्ला कार्यालय सदस्य बिजय खम्बु, नेकपा नगर अध्यक्ष प्रवाश शर्मा, सचिवालय सदस्य जिवन शर्मा, अनेरास्ववियू इलाम संयोजक मानबहादुर गुरुङ, युवा संघ सहसंयोजक विक्रमबाबु फियाक लगायत जिल्ला र स्थानीय तहका नेता एवम कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

ओली समुह निकट नेकपाले समेत स्मृति दिवस मनाएको छ । जिल्ला पार्टी कार्यालयमा नेकपाले दिवस मनाएको हो । कार्यक्रममा पार्टीका नेता एवम जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, इलाम नगर प्रमुख महेश बस्नेत, कार्यालय सचिव नवराज शंकर लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार