Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

आफू सवार गाडीको ठक्करबाट घाइते साइकल यात्री लिएर अस्पताल पुगे योगेश भट्टराई

आफू सवार गाडीको ठक्करबाट घाइते साइकल यात्री लिएर अस्पताल पुगे योगेश भट्टराई

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन १६ २०७७


आफू सवार गाडीको ठक्करबाट घाइते साइकल यात्री लिएर अस्पताल पुगे योगेश भट्टराई

इलाम । नेकपा दाहाल-नेपाल समूहका नेता योगेश भट्टराई सवारी गाडीले ठक्कर दिएर एकजना घाइते भएपछि आफै उपचारको लागि लिएर अस्पताल गएका छन् । आइतवार जनकपुरमा प्रेस संगठनको कार्यक्रम सकेर रौतहटतर्फ गइरहेकाे उनी सवार सवार ज १ झ ४२७ नम्बरको गाडीले ठक्कर दिँदा करिब ६० वर्षीय इन्द्र प्रसाद घिमिरे घाइते भएका हुन्।

रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम राजमार्गमा नेकपा दाहाल-नेपाल समूहका नेता समेत रहेका पूर्वमन्त्री भट्टराई सवार गाडीले घिमिरेलाई ठक्कर दिएको थियो ।आफू सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिएपछि घाइते भएका घिमिरेलाई लिएर नेता भट्टराई आफैँ चन्द्रनिगाहपुरस्थित सिभिल अस्पताल पुगेका थिए ।

यसअघि गत पुस १८ गते आफू सवार गाडीले ठक्कर दिएर घाइते पैदल यात्रीलाई छाडेर सहरी विकास मन्त्री प्रभु साह भागेका थिए। पूर्व पर्यटन मन्त्री योगेश भट्टराई भने आफू सवार गाडीको ठक्करबाट घाइते साइकल यात्रीलाई लिएर उपचार गराउन अस्पताल नै पुगे ।

https://www.facebook.com/mahesh.das.336/videos/4232686763409582

प्रतिक्रिया
सम्बन्धित समाचार