इलाम । इलाम नगरपालिका वार्ड न.१२, साङ्गरुम्बाको कार्यालय भवनमा संचालित ३ दिने व्यवसायिक कफी उत्पादन तालिम सम्पन्न भएको छ। निर्धन संस्था नक्कसाल काठमान्डाैकाे आयोजना तथा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय इलामको संयाेजनमा सम्पन्न भएको हो।
कुसमाया राईको अध्यक्षतामा रहेकाे कार्यक्रममा वडा सदस्य भानुभक्त घिमिरेकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा बाेल्दै उनले कफी खेतिका लागि सम्भावित, भौगोलिक र मौसम अनुकुल स्थान भएकोले लघु उद्योग स्थापना गर्न योजना तय गर्दै खेतिको लागि आगामी बर्षको बजेटमा प्राथमिकता दिने प्रतिबद्धता जाहेर गरे ।
बिशेष अतिथि निर्धन संस्थाका कार्यक्रम अधिकृत मनिष रत्न कोनाजोले पुनः तालिमको आवश्यक परेमा फेरि पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय इलामका शाखा प्रबन्धक तथा कार्यक्रम संयाेजक श्री शिवराज काफ्लेले तालिममा सिकेका सीपलाई व्यवहारमा उपयोग गरि अधिकतम रुपमा आम्दानीको बिकास गर्न सकिने बताउदै यस्तो तालिमका लागि विभिन्न संस्थाबाट समन्वय गरि सो तालिमलाई निरन्तरता दिन्दै जाने एेक्युवद्धता व्यक्त गरे ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था रवि शाखाका शाखा प्रबन्धक चन्द्र मणि पाण्डे, कृषि ज्ञान केन्द्र इलामका प्रमुख: टोनी बर्देवा, बागबानी बिकासका अधिकृत गणेश कुमार राई तथा म र ब क्याम्पसका बाली बिज्ञान संरक्षक तथा तालिम प्रशिक्षक: अनन्त मणि भट्टराई लगायतले तालिम दिएको कुरालाई प्राथमिकता दिई कुशल कफी खेती कृषक बन्ने प्रेरणा मिलोस भन्ने शुभ कामना ब्यक्त गरेका थिए।
त्यसै गरि सहभागी पुरुष मध्येको निरानन्द चम्लागाईले कफी खेतीका लागि तालिम सिकेका विषय बस्तुहरु माथी प्रकाश पारेका थिए । महिला सहभागी मध्येको शोमिला सुनुवार मुखियाले समेत तालिममा सिकेको सिपलाई अभ्यास गरि कफी व्यवसायलाई स्तर वृद्धि गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छन। तालिममा ३१ जनाको सहभागिता रहेको थियो।