Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई गाउँपालिका वडा नं ५ को २ वटा विद्यालयमा अनेरास्वबियू प्रारम्भिक कमिटि

माईजोगमाई गाउँपालिका वडा नं ५ को २ वटा विद्यालयमा अनेरास्वबियू प्रारम्भिक कमिटि

  • रोशन काफ्ले
  • बिहिबार, फाल्गुन १३ २०७७


माईजोगमाई गाउँपालिका वडा नं ५ को २ वटा विद्यालयमा अनेरास्वबियू प्रारम्भिक कमिटि

नयाँबजार ।  माइजोगमाई गाउँपालिका–५ का २ वटा विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियू) प्रारम्भिक कमिटि को गठन भएको छ । प्रचण्ड–माधव समुह निकट विद्यार्थी संगठनले माईजोगमाइ ५ सोयाङ स्थित सरस्वती माबि र शिरिसे माबिमा अनेरास्ववियूको कमिटि गठन गरेको हो ।

सरस्वती माबि मा प्रेम तामाङको अध्यक्षतामा २१ सदस्यीय कमीटि बनेको छ । उपाध्यक्षमा बबिता राउत सचिबमा सुजता न्यौपाने सहसचिब पुजा चापागाइ र करुणा बस्नेत , कोषाध्यक्ष पर्वत नेपाल रहेका छन् । आज नै शिरिसे माध्यमिक बिद्यालयमा बिमल गौतमको अध्यक्षतामा २५ सदस्यीय कमीटी गठन भएको छ।

कमिटिको उपाध्यक्षमा नम्रता राई, सचिब सुनिल गौतम, सहसचिब निसा शिवाकोटी र दिपा कठेत कोषाध्यक्षमा दिपा अधिकारी रहेका छन् । अनेरास्वबियू इलाम जिल्ला कमिटि कार्यलय सदस्य संजिव थामी अनेरास्वबियू माइजोगमाई गाउँपालिका सह इन्चार्ज खगेन्द्र गौतम लगायतको उपस्थितमा कमिटि गठन भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार