Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

विपदमा आइपर्ने समस्या र समाधान बिषयक परिचयात्मक कार्यक्रम नयाँबजारमा सुरु

विपदमा आइपर्ने समस्या र समाधान बिषयक परिचयात्मक कार्यक्रम नयाँबजारमा सुरु

  • रोशन काफ्ले
  • बिहिबार, फाल्गुन १३ २०७७


विपदमा आइपर्ने समस्या र समाधान बिषयक परिचयात्मक कार्यक्रम नयाँबजारमा सुरु

नयाँबजार । माईजोगमाई गाउँपालिकामाको केन्द्र नयाँबजारमा आज बाट विपदमा आईपर्ने समस्या तथा समाधान सम्बन्धी संरक्षण बिषयगत क्षेत्रको भुमिका बारे २ दिने परिचयात्मक कार्यक्रम सुरु भएको छ । गाउँपालिका अध्यक्ष जितबहादुर राईको प्रमुख आतिथ्यता र उपाध्यक्ष सावित्रा भट्टराईको विशेष आतिथ्यतामा सुरु भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भागवत रेग्मी ६ वटै वडाका वडाध्यक्षहरु वडा सचिव, कर्मचारी प्रहरी पत्रकार लगायत विभिन्न संघ सस्थामा आवद्ध ४० भन्दा बढिको सहभागिता रहेको छ ।

माईजोगमाई गाउँपालिकाको समन्वयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्र्तगतको महिला तथा बालबालिका बिभाग आयोजक रहेको छ । बिपदमा व्यवस्थापनको सन्दर्भमा संरक्षण बिषयगत क्षेत्रको राष्ट्रिय रणनितिक कार्ययोजना २०७३ को मुख्य प्रावधान एवं परिवर्तन सम्बन्धमा संघ प्रदेश र स्थानिय तहको भूमिका बारे  महिला तथा बालबालिका बिभागकी महानिर्देशक दुर्गादेवी देवकोटाले प्रशिक्षण दिनेछिन् ।

उनले संस्थाको काम र बिपद व्यवस्थापन सम्बन्धी बिध्यमान समस्या तथा चुनौतिहरु, विपदको समयमा लैङ्गकि हिंसाको जोखिम ,विपद व्यवस्थापनका लागि संस्थागत व्यवस्था , संरक्षण बिषयगत क्षेत्रबाट भएका प्रयासहरु, कार्यान्वयन संयन्त्र एबम जिम्मेवार निकायहरु,भावी कार्यदिशा बारे जानकारी गराएकी छिन ।

यो कार्यक्रम ७ वटै प्रदेशका १४ वटा स्थानिय तहमा संचालन हुनेछ । प्रदेश नम्बर १ मा झापाको हल्दिवारी गाउँपालिका र इलामको माईजोगमाई गाउपालिका संचालन हुने महिला तथा बालबालिका विभागकी अधिकृत गिरा कुमारी वस्नेतले जानकारी दिइन ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष जितबहादुर राईले गाउँपालिका भित्र कसरी बिपद व्यवस्थापनलाई शून्य पार्न निर्मुलिकरण गर्न सकिन्छ भन्ने बारे प्रस्ट पारे । कार्यक्रममा आएका आयोजकलाई स्वागत तथा धन्यवाद समेत व्यक्त गरे । माईजोगमाई गाउँपालिकामा विभिन्न विपदहरु जस्तो भुकम्प बाढि पहिरो आगलागी महिला तथा बालिकाहरु हिंसा जस्ता समस्याहरुलाई समाधान गर्न यो कार्यक्रमले टेवा पुग्ने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार