सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दाको आजै फैसला गर्दैछ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको फैसला आजै सुनाउन लागेका हुन्। संवैधानिक इजलाशमा प्रधानन्यायाधीश जबराले निर्णयको व्यहोरा वाचन गरिरहेका छन्।
सर्वोच्चले जुनसुकै बेला फैसला दिने अनुमानसहित बिहानैदेखि सुरक्षा कडा बनाइएको थियो। प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमाथि करिब २ महिना लामो बहसपछि फैसला आउन लागेको हो। फैसला दिने भएपछि सर्वोच्चले रिट निवेदक १३ जना वकिलसहितलाई झिकाएको थियो।