इलाम । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियू) को प्रथम एकता प्रक्रिया सम्पन्न भएको छ । नेपाली विद्यार्थी आन्दोलनका संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी ) बिचको एकतालाई पुर्णता दिनका लागि मानबहादुर गुरुङको संयोजकत्वमा ६१ सदस्यीय इलाम जिल्ला कमिटिको औपचारिक रुपमा घोषणा भएको हो ।
प्रचण्ड–माधव समुह निकट मानिएको विद्यार्थी संगठनको सहसंयोजक नयन राई चयन भएका छन् । भेलाले दैनिक कार्य संचालनका लागि ९ सदस्यीय कार्यलय टिम समेत गठन गरेको छ । कार्यालय सचिवको रुपमा समिर कुलुङ राईलाई जिम्मेवारी प्रदान गरिएको छ ।
त्यसैगरी २१ सदस्यीय सचिवालय समेत आज नै गठन गरिएको छ । स्थानीय तहमा समेत संगठनलाई सक्रिय बनाउनका लागि १० वटै पालिका र २ वटा संघीय निर्वाचन क्षेत्रमा इन्चार्जहरु तोकिएका छन् । संघीय निर्वाचन क्षेत्रको १ मा पासाङदिकि शेर्पा र क्षेत्र नं २ मा रोशन राईलाई तोकिएको छ ।






