Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

मोटरसाइकल एक आपसमा जुध्दा ग्लोबल बैंक फिक्कलका आचार्यको मृत्यु

मोटरसाइकल एक आपसमा जुध्दा ग्लोबल बैंक फिक्कलका आचार्यको मृत्यु

  • लोकल सन्देश
  • शनिबार, फाल्गुन ८ २०७७


मोटरसाइकल एक आपसमा जुध्दा ग्लोबल बैंक फिक्कलका आचार्यको मृत्यु

इलाम । झापामा दुईवटा मोटरसाइकल एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा परी ग्लोबल आइएमई र्बैक फिक्कलका शाखा प्रमुख ३८ बर्षिय अनन्त आचार्यको मृत्यु भएको हो । दुर्घटनामा परी निधारमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा शनिबार विहान मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार मेचीनगर-१३, चारआलीस्थित पूर्व-पश्चिम राजमार्गमा शुक्रबार बेलुका पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ११ प ४४७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको थियोे।

दुर्घटनामा परी मे ११ प ४४७८ मोटरसाइकलको पछाडि सवार भद्रपुर १० बस्ने २६ बर्षीय विकास बुढाथोकी र मे ११ प ११३१ नम्बरका मोटरसाइकल चालक अर्जुनधारा(१० बस्ने १८ वर्षीय मनिष परियार गम्भीर घाइते भएका छन्। उनीहरूको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार