Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

श्रीमती हत्या गरि फरार अभियुक्त सिद्दिखोला र मेचीखोला दोभानबाट पक्राउ

श्रीमती हत्या गरि फरार अभियुक्त सिद्दिखोला र मेचीखोला दोभानबाट पक्राउ

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन ८ २०७७


श्रीमती हत्या गरि फरार अभियुक्त सिद्दिखोला र मेचीखोला दोभानबाट पक्राउ

फिक्कल । श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त नेपाल भारतको सिमानाबाट पक्राउ परेका छन् । इलामको सूर्योदय नगरपालिका–५ खरबनेटोल बस्ने बर्ष २३ को दिनेश तामाङलाई सिद्दिखोला र मेची खोला दोभान स्थित  नेपाल-भारतको सिमानाबाट पक्राउ गरिएको हो।

उनले गत फागुन २ गते १९ बर्षिय श्रीमती गिता तामाङलाई क्रुर अमानविय तरिकाले कुटपिट गरी हत्या गरेका थिए । पक्राउ परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याई थप अनुसन्धान भई रहेको छ । हत्या पछी फरार रहेका तामाङलाई पक्राउ गर्न तत्काल प्रहरीद्वारा लुकीछिपी बस्न सक्ने एरिया इलाका तथा सिमा नाकामा ब्यापक रुपमा सादा पोशाकमा प्रहरी खटाईएको थियो ।

अभियुक्तलाई खोजी कार्य गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक नविन राईको टोलि र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देउ प्रसाद लिम्बुको टोलिले फागुन ७ गते राति नियन्त्रणमा लिन सफल भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार