Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

प्रेस संगठन झापा द्वारा ‘संगठन सुदृढिकरण तथा निर्वाचन परिचालन कमिटी’गठन

प्रेस संगठन झापा द्वारा ‘संगठन सुदृढिकरण तथा निर्वाचन परिचालन कमिटी’गठन

  • सन्देश सम्वाददाता
  • शनिबार, फाल्गुन १ २०७७


प्रेस संगठन झापा द्वारा ‘संगठन सुदृढिकरण तथा निर्वाचन परिचालन कमिटी’गठन

बिर्तामोड । प्रेस संगठन झापाको बिस्तारीत बैठकले संगठनका केन्द्रिय सदस्य बिमल लामिछानेको संयोजकत्वमा ७ सदस्यीय ‘संगठन सुदृढिकरण तथा निर्वाचन परिचालन कमिटी’ गठन गरेको छ । आज काँकडभिट्टामा बसेको बैठकले गठन गरेको समितिले झापामा संगठन बिस्तारसँगै पत्रकार महासंघको आसन्न निर्वाचनका लागि अन्य संगठनहरुसँग वार्ता, समन्वय, उम्मेद्वार चयन र सिफारीस गर्ने बताइएको छ ।

संगठनका झापा अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामा भएको बैठकद्वारा गठित सदस्यहरुमा दयाराम दाहाल, तीर्थ सिग्देल, तारामणि सापकोटा, भीमा शिवाकोटी, मुक्ति पौडेल र राजु अधिकारीलाई सदस्यमा चयन गरेको छ । भेलाले बिभिन्न क्षेत्रमा रहेका सञ्चारकर्मीहरुसँग अन्तक्रिया कार्यक्रम गर्नुका साथै फिल्डमा कार्यरत सञ्चारकर्मीका समस्याको बिषयमा मत संकलन गर्ने निर्णय गरेको छ ।

सञ्चारकर्मीको पेशागत सुरक्षा तथा दक्षता अभिबृद्धिमा गर्न सक्ने कार्यहरुका बारेमा सुझाव दिन संगठनले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार