Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

बाल संगठन इलामको जिल्ला स्तरिय समिति गठन

बाल संगठन इलामको जिल्ला स्तरिय समिति गठन

  • सन्देश सम्वाददाता
  • शुक्रबार, माघ ३० २०७७


बाल संगठन इलामको जिल्ला स्तरिय समिति गठन

इलाम । नवराज शंकरको नेतृत्वमा इलाममा आठ सदस्यीय नेपाल बाल संगठन जिल्ला समिति गठन भएको छ । इलाम सदरमुकाममा जिल्ला सभाकाे आयोजना गरी शुक्रबार तदर्थ  सभापति शंकरको नेतृत्वमा समिति गठन भएको हो । संगठनको सदस्यहरुमा भक्त थामी, प्रमिला तामाङ्, रुद्र थेवे, सारदा पराजुली, चन्द्रकला तामाङ्, अर्जुन योङ्हाङ् र सिर्जना पोख्रेल रहेका छन् ।

लामो समयसम्म निष्क्रिय रहेको बाल संगठनलाई सरकारले गत असोजमा सक्रिय तुल्याएको थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेकाे संगठन केन्द्रीय कार्यसमितिको असोज १६ गते बसेको बैठकले देशभरका सबै जिल्लाका पुरानो कार्यसमिति भंग गर्ने निर्णय गरेपश्चात् असोज २० गते बसेको बैठकले ७७ वटै जिल्लामा सभापतिहरु नियुक्त गरेको थियो ।

जस अनुसार इलाममा तर्दथ समितिको सभापतिको रुपमा शंकरले जिम्मेवारी पाएका थिए । इलाममा कार्तिक २० गते बैठक बसेर संगठन संचालनका लागि प्रमिला तामाङ र भक्त थामीलाई सदस्यको रुपमा थप गरेको थियो । नवगठित समितिले संगठनको नाममा जिल्लामा रहेको चल अचल सम्पत्तिको व्यवस्थित अभिलेख राख्न र त्यसको संरक्षण गर्न साथै संरक्षण बिहीन बालबालिकाहरुको सहारा बन्ने काममा नेतृत्व गर्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार