फिक्कल । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको विरुद्ध बृहत नागरिक आन्दोलनमा ऐक्युबद्धता जनाउँदै सूर्योदय रंगमञ्चले सडक नाटक प्रर्दशन गरेको छ । रंगमञ्चका अध्यक्ष मानविर लाप्चाको लेखन र निर्देशनमा आत्माहरुको आह्वान नाम दिएर रंगमञ्चले फिक्कल बजारमा सडक नाटक देखाएको हो ।

नाटकमा सञ्जोग घिमिरेले मल्हर सदाको भुमिका निर्वाह गरेका छन् । विपना राईले निर्मला पन्त, विभोर पोखरेलले नवराज विक, पवित्रा राईले कमरेड शिखा, केदारनाथ अर्यालले संविधान बा र मानविर लेप्चाले नेताको भुमिका निर्वाह गरेका छन् । नाटकले संविधान जारी गर्ने शासकहरुबाटै संविधान खतरामा रहेको देखाइएको छ ।

संविधान माथी नेताहरुको प्रहारले मुलुक धरासायी भइरहेको सन्देश रहेको लाप्चाले बताए । २ महिना अघि मात्र सूर्योदय नगरपालिका क्षेत्रका युवाहरुको सक्रियतामा रंगमञ्च स्थापना गरेर नाटकको माध्यमबाट जनचेतनामुलक कार्यक्रम भइरहेको छ ।