इलाम । इलाम जिल्ला माईजोगमाई गाउँपालिका वडा नं १ नयाँबजार लप्सीबोटेको चापँगौरी कृषि सहकारी संस्था लिमिटेडको को छैटौ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जित बहादुर निरौलाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाले ख्याम निरौलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ संचालन समिति समेत गठन गरेको छ । नव गठित समितिलाइ बिघटित समितिका अध्यक्ष जित बहादुर निरौला तथा अन्य समाजसेवी ले सफलताको शुभकामना दिनुभएको थियो भने नवगठित समिति अध्यक्ष ख्याम निरौलाले संस्थालाइ नयाँ सोच र कार्य निति का साथ संस्था अघि बढाउने प्रतिबद्दता ब्यक्त समेत गरेका थिए ।