Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

मिस्टर ओली, अबको चुनावमा तपाईंको जमानत जफत हुनेछ : झलनाथ खनाल

मिस्टर ओली, अबको चुनावमा तपाईंको जमानत जफत हुनेछ : झलनाथ खनाल

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ २८ २०७७


मिस्टर ओली, अबको चुनावमा तपाईंको जमानत जफत हुनेछ : झलनाथ खनाल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका नेता झलनाथ खनालले अब हुने चुनावमा प्रधानमन्त्री केपी शर्मा ओलीको जमानत जफत हुने दाबी गरेका छन्। अबको दुई वर्षमा निर्वाचन हुने र त्यसबेला ओलीको जमानत जफत हुने दाबी खनालले गरे।

आज काठमाडौंमा आयोजित विरोध सभामा बोलेका खनालले भने, ‘मिस्टर ओली तपाईंको जमानत जफत हुनेछ। दुई वर्षमा चुनाव हुनेछ। दुई तिहाइ होइन त्यसबेला जमानत जफत हुन्छ।’ भाषणका क्रममा उनले भँगेरोको कथा सुनाए, ‘एउटा भँगेरो उडेर बाँसको टुप्पोमा गएर बसेछ । त्यही बेला कोही मानिसले बाँसलाई नुहाइदिएछ । भँगेरो उडेर आमा भएठाउँ गएर भनेछ– आमा म त धेरै वजनदार भइसकेँ । म बाँसको टुप्पोमा बस्दा त्यो नुहियो । तब आमाले भनिछे– हो बाबु तेरो खुट्टी हेर्दै थाहा भयो’,

त्यसपछि उनले भने, ‘मिस्टर केपी ओली तपाईंको खुट्टी हेरेर हामीले थाहा पाइसक्यौँ । अबको दुई वर्षपछि हुने चुनावमा तपाईंको जमानत जफत हुने छ ।’ उनले प्रचण्ड-नेपाललाई प्रधानमन्त्री बनाउन आफूहरूले आन्दोलन नगरेको उल्लेख गरे। लोकतन्त्र र स्थायित्वका लागि लडाइँ गरिरहेको खनालको भनाइ छ।

अहिलेको संघर्ष नेकपाको दुई गुटका मात्रै नभएको ओलीको पुस ५ को प्रतिगमनविरुद्ध भएको बताए। उनले कांग्रेस र जसपा लगायत सबै दललाई समाजवादको लक्ष्यमा पुग्नका संयुक्त आन्दोलनमा जान आह्वानसमेत गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार