Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

चोरी भएका मोटर साइकल इलाम प्रहरीले धनीलाई बुझायो

चोरी भएका मोटर साइकल इलाम प्रहरीले धनीलाई बुझायो

  • सन्देश सम्वाददाता
  • सोमबार, माघ २६ २०७७


चोरी भएका मोटर साइकल इलाम प्रहरीले धनीलाई बुझायो

इलाम । चोरी भएको दुई वटा मोटर साइकल प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।झापा साविक धाइजनका रुपेश मेचेको माघ १५ गते घरैबाट हराएको मे ८ प ८९६१ नम्बरको पल्सर मोटर साइकल माघ २३ गते प्रहरीले चुलाचुली गाउँपालिका वडा नं ४ बाट फेला पारेको हो ।

मोटर साइकलसँगै सोही ठाउँका टेकबहादुर आङदेम्बेलाई पनि प्रहरीले पक्राउ गरेको छ । उक्त मोटर साइकल सोमबार प्रहरीले मेचेलाई बुझाएको छ । यसरी नै रोङ गाउँपालिका वडा नं ६ का आदर्श राईको मोटर साइकल पनि प्रहरीले फेला पारी मोटर साइकल धनी राईलाई जिम्मा दिएको छ । उनको हराएको पल्सर मोटर साइकल खोजी गर्ने क्रममा फाकफोकथुम वडा नं १ बाट प्रहरीले फेला पारेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार