Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा कांग्रेसको शुभेच्छुक संघ संस्थाको सरकार विरुद्ध प्रर्दशन

इलाममा कांग्रेसको शुभेच्छुक संघ संस्थाको सरकार विरुद्ध प्रर्दशन

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ २५ २०७७


इलाममा कांग्रेसको शुभेच्छुक संघ संस्थाको सरकार विरुद्ध प्रर्दशन

इलाम । इलाममा शनिबार सरकार विरुद्ध नेपाली कांग्रेसको शुभेच्छुक संघ संस्थाहरुले प्रर्दशन गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै विरोध प्रर्दशन गरेका हुन । इलाम सदरमुका स्थित ठुलो टुडिखेलबाट ¥याली सुरु गरी इलाम चोक बजारमा सभामा परिणत भएको थियो ।

प्रर्दशमा सहभागीहरुले विरोध संकेत गर्न कालो मास्क र कालो पट्टि लगाएका थिए भने सरकार विरुद्धका नारा लेखेर छातीमा टासेका थिए । विरोध सभामा ट्रेड युनियन कांग्रेसका केन्द्रिय सदस्य कमला शिवाकोटी , नेपाली नेपाल शिक्षक संघ प्रदेश १ का अध्यक्ष पुर्ण प्रसाद गौतम , कांग्रेस नेताहरु खगेन्द्र देवान , केशव थापा लगायतले सरकारले असंवैधानिक कदम चालेको भन्दै विरोध गरेका थिए ।

नेपाल प्रजातान्त्रिक संघका संयोजक लक्षमण पाण्डे स्वागत मन्तव्य र कार्यक्रमको बारेमा जानकारी गराएका थिए। ट्रेड युनियन कांग्रेस इलामका अध्यक्ष हरि फुयालको संयोजनमा भएको कार्यक्रम नेपाल प्रेस युनियनका विप्लप भट्टराईले संचालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार