Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

ओली सरकारले देशलाई अधिनायकवाद तर्फ धकेल्याे : कुमार लिङ्देन

ओली सरकारले देशलाई अधिनायकवाद तर्फ धकेल्याे : कुमार लिङ्देन

  • लिला सुब्बा
  • शनिबार, माघ २४ २०७७


ओली सरकारले देशलाई अधिनायकवाद तर्फ धकेल्याे : कुमार लिङ्देन

इलाम । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले अहिलेको दुई तिहाई नेकपा ओली सरकारले संविधान बिपरित संसद बिघटन गरेर देशलाई अधिनायकवादतिर देशलाई धकेल्दै लगेको आरोप लगाएका छन् । उनले पहिचानबादीहरूको बिरूद्ध तथा संघिय लोकतान्त्रिक गणतन्त्रलाई बाइपास गरेर ओलीले एकतन्त्रीय शासन लाद्न खोजेको आरोप लगाए ।

पाँचथरको रवि बजारमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै लिङ्देनले पहिचान सहित दशंएघार प्रान्तीय सामुहिक पहिचानको आधारमा नेपालको नामकरण गर्न सरकारलाई दबाबमूलक आन्दोलन गरिरहेको बताए । उनले पहिचानबादीहरूको हक अधिकारको लागि सुनिश्चित गर्न तयार भए मात्र नेपाली कांग्रेस र प्रचण्ड–नेपाल समुहको नेकपासंग ओली सरकार बिरूद्धको आन्दोलनमा सहकार्य गर्न तयार रहेको बताए ।

उनले आफ्नो मागहरु सम्बोधन नभए एक्लै राजनीतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्दै जाने बताए । भेलामा दलित राष्ट्रिय सेल्पी मञ्चका केन्द्रीय अध्यक्ष सर्मिला बागचन, इलाम अध्यक्ष दिपक लिम्बु, शान्ता योङहाङ लगातयले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार