फिक्कल । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन विरुद्ध पुर्व प्रधानमन्त्री झलनाथ खनालको उपस्थितीमा नेकपाको प्रशिक्षण कार्यक्रम हुँदैछ । बरिष्ठ नेता खनाल सहित पुर्व उर्जा मन्त्री एवम स्थायी कमिटी सदस्य जनार्दन शर्मा, पुर्व प्रदेश अर्थमन्त्री एवम केन्द्रिय सदस्य इन्द्र आङ्बो र केन्द्रिय सदस्य एवम इलाम इन्चार्ज धिरेन्द्र शर्माले कार्यकर्ताहरुलाई प्रशिक्षण दिने लागेका हुन् ।
गौतम बुद्ध सभागृह (सिटीहल) मा हुने प्रचण्ड–माधव समुहको प्रशिक्षणमा स्थानीय तहका इन्चार्ज, अध्यक्ष एवं सचिव र जनबर्गिय इन्चार्ज, संयोजक एवं सह–संयोजक, जिल्ला कमिटीका सदस्य वडाका अध्यक्ष एवं सचिव लगायतको सहभागिता रहनेछ । प्रशिक्षण कार्यक्रमका लागि खनाल र शर्मा हिजै इलाम आइपुगेका छन् ।