Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

ब्राउन सुगर सहित शान्तीडाँडाका रमेश अधिकारी पक्राउ

ब्राउन सुगर सहित शान्तीडाँडाका रमेश अधिकारी पक्राउ

  • सन्देश सम्वाददाता
  • शुक्रबार, माघ २३ २०७७


ब्राउन सुगर सहित शान्तीडाँडाका रमेश अधिकारी पक्राउ

माई : प्रहरी चौकी दानाबारी इलामले लागु औषध सहित देउमाई नगरपालिका वडा नं ३ शान्तीडाँडा बस्ने बर्ष ४७ को रमेश अधिकारी पक्राउ गरेको छ । इलाम माई नगरपालिका वडा नं ४ लखनचोक स्थितमा सवारी साधनहरु चेकजाँचको गर्ने क्रममा बिर्तामोडबाट इलाम दानाबारी तर्फ आउँदै गरेको मे १० प ५१७४ नम्बरको मोटरसाईकल रमेशलाई पक्राउ गरिएको हो ।

रमेशको शरिरमा खानतलासी गर्दा कपडाको पाईन्टको दायाँ पट्टिको गोजिमा ४५० मिलिग्राम लागू औषध (खैरो हेरोईन) फेला परेको थियो। निजले प्रयोग गरेको मोटरसाईकल र लागु औषध बरामद गरी कानून बमोजिम प्रक्रिया पुरा गरी बरामद गरेको सामन र पक्राउ परेका निज रमेश अधिकारीलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भई रहेको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार