फिक्कल । इलामको सूर्योदय नगरपालिकामा विभिन्न पार्टी छाडेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । वडा नं ३ तल्लो कटेबुङ क्षेत्रका ४० घर परिवार नेकपामा प्रवेश गरेका हुन् । नेकपा जिल्ला कार्यदल सदस्य रणबहादुर राईले उनीहरुलाई अविर लगाएर पार्टी प्रवेश गराएकाे नगर कमिटी सचिवालय सदस्य दिपेश राईले जानकारी दिए । प्रवेश कार्यक्रम नेकपा वडा कमिटी संयोजक लाकेल लामाको अध्यक्षतामा भएको थियो ।