Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

गोपाल किराती नेतृत्वकाे नेकपा (माओबादी केन्द्र) काे जागरण अभियान सम्पन्न

गोपाल किराती नेतृत्वकाे नेकपा (माओबादी केन्द्र) काे जागरण अभियान सम्पन्न

  • लिला सुब्बा
  • आइतबार, माघ १८ २०७७


गोपाल किराती नेतृत्वकाे नेकपा (माओबादी केन्द्र) काे जागरण अभियान सम्पन्न

इलाम । गोपाल किराती नेतृत्वकाे नेकपा (माओबादी केन्द्र) ले मेचीकाली किसान,मजदुर जनजागरण अभियान बिराटनगरमा सम्पन्न गरेको छ । किरात लिम्बुवान कोचिला (किलीको) प्रदेश नं एक प्रदेश कमिटीको आयोजनामा भएको बिराटनगरमा भएको जनजागरण अभियानलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा पार्टी अध्यक्ष गोपाल किरातीले अहिलेको बिघटित ओली सरकारले समस्या हल गर्न नसक्ने र किसान ,मजदुर सुकुम्बासी समस्याको हल गर्नको सट्टा उल्टो पुलिस प्रसाशन लगाएर दमन गर्ने निति लिएको बताए ।

उनले ओलि सरकार बिरूद्ध एकताबद्ध भएर आन्दोलनमा उत्रनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिए । किलीको प्रदेश नं एक ईन्चार्ज सुरेन्द्र , केन्द्रीय महासचिव राजन तिमील्सिना, केन्द्रीय सचिब बिमल निरौला, स्थायी समिति सदस्य लिला खड्का, पोलिटब्युरो सदस्य अप्सरा निरौलाले किसान, मजदुर सुकुम्बासी तथा जनसांस्कृतिक जनजागरण अभियानलाई सम्बोधन गरेका थिए, ,

प्रतिक्रिया
सम्बन्धित समाचार