Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा ट्याक्टरले किचेर चालकको मृत्यु

माईजोगमाईमा ट्याक्टरले किचेर चालकको मृत्यु

  • रोशन काफ्ले
  • बिहिबार, माघ ८ २०७७


माईजोगमाईमा ट्याक्टरले किचेर चालकको मृत्यु

नयाँबजार । इलामको माईजोगमाईमा ट्रयाक्टरले किचेर चालकको मृत्यु भएको छ । वडा नं ४ स्थित नुरे खोल्सीमा ट्रयाक्टर पछाडी सरेर किच्दा ४५ बर्षिय चालक राजु धमलाको मृत्यु भएको हो । बुधबार अपराहन्न ४ बजेको समयमा पिसाब फेर्न भिर छेउमा मृतकले प्रदेश २–०३१०१–१४८२ नम्बरको ट्रयाक्टर रोकेर राखेका थिए ।

ट्रयाक्टर पछाडी सरेपछि हतार हतार ब्रेक हान्न जाँदा चालक चक्का मुनि पसेर घाइते भएको असई अनिल राजवंशीले जानकारी दिए । घाइते भएका उनलाई उपचारको लागि झापा स्थित विर्ता सिटी हस्पिटलमा लगिएको थियो । उपचारको क्रममा अत्याधिक रक्तश्रावका कारण प्रेसर घटेर बेहोस भएपछि बिएन्डसी हस्पिटल रिफर गरिएको थियो । बिएन्डसीमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको  राजवंशीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार