Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

फुएतप्पामा माङ्गहिम निर्माण अघि बढ्दै

फुएतप्पामा माङ्गहिम निर्माण अघि बढ्दै

  • लिला सुब्बा
  • बुधबार, माघ ७ २०७७


फुएतप्पामा माङ्गहिम निर्माण अघि बढ्दै

फाकफोकथुम । इलामको पश्चिमी क्षेत्र फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाको लिम्बु गाउँमा किरात माङ्गहिम निर्माणको काम अघि बढेको छ । इलाम क्षेत्र नं २ का सांसद एवम पुर्व सभामुख सुवासचन्द्र नेम्बाङको संसद विकास कोषको दश लाख रुपैया बजेट बिनियोजना भएपछि उपभोक्ता समिति निर्माण गरेर माङ्गहिम लाङ्गसुप सदादेन इमायु को निर्माणको अघि त्रढेको हो ।

वडा सदस्य कविता राईको संयोजकत्वमा आमभेला गराई समिति चयन गरिएको थियो । समितिको अध्यक्षमा अम्बरबहादुर लिम्बु, सचिव तिल बिक्रम लिम्बु, सह–सचिब राजकुमार लिम्बु र कोषाध्यक्ष मनिता लिम्बु रहेका छन् । सदस्यहरुमा पूर्ण कुमारी लिम्बु,मनिषा लिम्बु र आषपाल राई छन् । मंगलबार गाउँपालिकाका सब इन्जिनियर बम राईले माङ्गहिमको सर्वेक्षण गरेको अध्यक्ष लिम्बुले बताए ।

निर्माणधिन माङ्गहिमको लागि हालसम्म संसद बिकाश कोष, प्रदेश, गाउँपालिका,र वडाबाट गरेर करिब ५० लाख रुपैया बिनियोजना भइसकेको छ । चालु आर्थिक बर्षमा माङ्गहिम सम्पन्न गर्न १० लाख रुपैया बिनियोजन गरिएको वडाध्यक्ष हरि दंगालीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार