इलामको सूर्योदय नगरपालिका –८ निवासी भुपेन्द्र कट्टेल देशमै रोजगारी अवसर सिर्जना गर्न आफै चिया उद्योग खोल्दैछन् । चिया उद्योग स्थापनाका लागि विगतमा दूई पटकसम्म प्रयास गरेका कट्टेले तेस्रो पटक भने बाजि मारे । २०१३ साल बैशाख १९ मा जन्मिएका उनले आई ए सम्मको अध्ययनको बिट मारेपनि राजनीतिमा भने निरन्तर सक्रिय छन् । नेपाली काँग्रेसकाे क्षेत्रीय सभापति समेत भएका कट्टेलसँग कृषि क्षेत्र र पछिल्लो राजनीतिक अवस्थाका बारेमा गरिएको संक्षिप्त कुराकानी
देशको राजनीतिक गतिले कस्तो मोड लिएको छ ?
२०३६ सालको बहुदल र सुधारिएको पञ्चायतको चुनावपछि म राजनीतिमा सक्रिय भएको छु । अहिले सरसरर्ती हेर्दा २००७ सालको क्रान्ति ३६, ४६ साल ०६३ को शान्ति प्रक्रिया हुँदै संविधान निर्माणले राजनीतिक आन्दोलनको उपलब्धि संस्थागत भएको छ । संविधान निर्माणपछि तराईमा असन्तुष्टि बढेपनि बिस्तारै मधेसवादी दलहरुपनि मुलधारमा आएका छन् । संविधानमा सबैका माग समेटिएका छैनन् तर विस्तारै असन्तुष्टिहरु सविधानमा समेटिदै जाने भएकाले नेपालमा ठुला आन्दोलन र क्रान्ति हुँदैनन् । स्थानीय तहको निर्वाचन तीन चरणमा गरि सम्पन्न भएको छ अब प्रदेश र संघको चुनावको मिति तोकिएकाले अब राजनीतिक गति राम्रो हुन्छ ।

राजनीतिक आन्दोलहरु हुदैनन् भन्नुभयो तर जनताका हातमा त अधिकार पुगेको छैन नी ?
संविधानमा लेखिएका अधिकारहरु बिस्तारै स्थानीय तहमा कार्यान्वयन हुने चरणमा छन् । स्थानीय तह संचालनको कानुन भर्खर संसदले पास गरेको छ । अन्य कानुनहरु पनि बन्ने चरणमा छन् । बिस्तारै अधिकारहरु जनताका हातमा पुग्दै छन् । केन्द्रिकृत राजनीतिक दलहरु पनि बिकेन्द्रित हुँदैछन् । नेतृत्वमा जो पुगेपनि सबै राजनीतिक दलहरु मिलेर स्थानीय तह, प्रदेश संचालन गर्नुपर्ने हुन्छ । स्थानीय तह र प्रदेश संचालनको समय संक्रमणकाल भएकाले सबैको सुझाव दिएर काम गरे जनताको हातमा अधिकार अवश्य पुग्छ ।
राजनीतिक उपलब्धि संस्थागत भयो भन्नुहुन्छ अब देशमा आर्थिक विकास होला त ?
राजनीतिक आन्दोलनबाट सबै उपलब्धि संस्थागत नभएपनि धेरै भएका छन् । अब देश चलाउन बलियो अर्थतन्त्र आवश्यक पर्छ । त्यसका लागि उद्योग र कलकारखाना स्थापना गर्नुपर्ने देखिन्छ । राज्यले सरल सहज तरिकार उद्योग खोल्ने कामलाई बढावा दिने गरि कानुन निर्माण गर्नुपर्छ । कर संकलन सरल र सहज बनाइनुपर्छ । बिदेशी दाताका भर पर्नु पर्दा भन्दा पनि राजश्व चुवाहट नियन्त्रणका लागि कडा कानुन बनाइनुपर्छ र बन्द भएका उद्योग संचालन गरि देशमै रोजगारको अवसर सिर्जना गर्नुपर्छ । त्यसका लागि राजनीतिक क्रान्तिको जस्तै आर्थिक क्रान्ति गर्न सबै मिलेर लाग्नुपर्छ । देश औद्योगिकरण जानुपर्छ भनेर मैले पनि चिया उद्योग स्थापना गरे ।
तपाई किसानबाट उद्योगी हुनुभो इलाममा कृषिकाे संभावना कस्तो पाउनुभयो ?
इलाम कृषि उपज उत्पादन गर्ने नेपालकै पहिलो जिल्ला हो । इलाममा चिया, अदुवा, अलैची, अम्लिसो, अकबरे खोसार्नी, दूध लगायतका धेरै कृषि उपज उत्पादन हुन्छ । कृषि उपज उत्पादन भएपनि राम्रो मुल्य नपाउँदा किसानको आर्थिक अवस्था सुधार भएको छैन । मजदुरको समस्याले कृषि क्षेत्रमा गुणस्तर उत्पादन पनि भएको छैन । चिया क्षेत्रको कुरा गर्ने हो भने प्राविधिक ज्ञान नभएपछि किसानले राम्रो चिया पत्ति उत्पादन गरेका छैनन् भने बजार पनि भारतमा भर पर्नु परेको छ । अन्य कृषिजन्य सामग्रीको उत्पादन पनि त्यस्तै छ । संभावना भएपनि गुणस्तरिय उत्पादन गर्न नसक्दा बजारको पनि राम्रो भएको छैन । त्यसैले यहाँ राम्रा उद्योगहरु स्थापना गरि किसानललाई प्राविधिक ज्ञान तथा रोजगारको विकास गर्नुपर्छ ।
चिया क्षेत्र अस्तव्यस्त भएकै बेला उद्योग खोल्नु भो नी ?
नेपालमै पहिलो पटक चियाको खेती शुरु भएको इलामका किसान, उद्योगी र व्यापारीका पनि गुनासा मात्रै छन् । राज्यले पनि राम्रो गरि अध्ययन गरेको छैन, लगानी पनि कम छ । किसानले हरियो पत्तिको रेट पाएका छैनन । किसान र उद्यमीको सम्बन्ध मुल्यका विषयमा राम्रो छैन । किसानले पनि राम्रो हरियो पत्ति उत्पादन गरेका छैन र ठुला उद्योगीहरु पनि निरङकुश जस्तै छन् । त्यसैले किसान र उद्योगी दुवै सुध्रनुपर्छ । किसानले अर्गानिक उत्पादनमा जानुपर्यो भने उद्योगीले पनि लगानी अनुसारको मुल्य किसानलाई दिनुपर्छ । किसानले अर्गानीक गरेपनि अर्गानिक प्रमाणित गर्न नसकिएकाले राज्यले पहल गर्नुपर्छ । अहिले सरकारले पनि राम्रो निती नल्याएकाले, किसानले मुल्य कम भयो भन्दै कम खट्ने र व्यपारी बजार छैन भनेर मुल्य कम दिने गरेकाले समस्या आएको हो । तर विस्तारै चिया क्षेत्र सुधारका लागि सबै एकजुट हुनुपर्छ ।

तपाईले उद्योग चै धेरै अगाडी दर्ता गर्नुभयो कारखाना चै अहिले खुल्दैछ किन ?
सरकारको वित्तिय निती राम्रो नभएपछि मैले एक्लै उद्योग खोल्न सकिन । हाम्रो जग्गाको मुल्याङकन उद्योग दर्ता गर्दा आठ हजार रुपैयाँ मात्रै थियो । बिस्तारै बैंक तथा वित्तिय संस्था गाउँमा आउन थाले र लगानी पनि बढाएका छन् । बैंकले लगानी गरेनन् र उद्योग दर्ता मात्रै गर्नुपर्यो अहिले सरकारको माध्यमबाट कृषि क्षेत्रमा काम गर्न बिदेश संघसंस्था आए र बैंकहरुले पनि लगानी बढाएकाले उद्योग स्थापना गर्न सफल भइयो ।
उद्योग त खोल्नुभो तपाईको उद्योगमा अर्गानीक की रसायनिक चिया प्रशोधन हुने ?
चिया क्षेत्रमा देखिएका समस्या समाधानका लागि म सक्रिय छु र हुन्छु । चियामा पहिले जसरी मल र बिषादी लगाइन्थ्यो अहिले कम प्रयोग हुन्छ । अहिले पनि बिषादी र मल नलगाई राम्रो मुना आउँदैन भन्ने भ्रम छ त्यसलाई चिर्न चेतनामुलक कार्यक्रम संचालन गरि म अर्गानिक चिया उत्पादनमा लागि पर्छु । चिया क्षेत्रको विकासका लागि सरकारले नेतृत्वदायी भुमिका निवार्हा गरि प्रचारप्रसारका काम गर्नुपर्छ । चियाको सेवनले नराम्रो गर्दैन । बिदेशमा ९ लाख केजीको चिया बिक्रि हुन्छ तर यहाँ चै कौडीको भाउमा बिक्रि हुन्छ । त्यसैले अब चियाको गुणस्तर सुधार गरि युरोपमा खस्किएको चियाको बजार सुधारमा ल्याउन सरकारले नै नेतृत्व गर्नुपर्छ । चिया खाने पारखिहरु बढ्दै गएपनि बिषादीका कारण हाम्रो चिया निर्यातमा समस्या भएको हो । हाम्रो अहिलेको बजार भारतको कलकत्तामा सिमित भएको छ । नेपाली चियाको आकर्षण भएपनि बिषादीले तेस्रो मुलक निर्यात थोरै मात्रै हुन्छ । स्वास्थ्यका लागि हानिकारक बिषादी नलगाईकन नेपाली चिया अब अर्गानीक गरि डलरमा साट्ने वातावरण बनाउने म उद्योगी भएकाले लाग्छु ।
लामो इतिहास बोकेको नेपाली काग्रेसको नेता भएका काम गर्नुभो फेरी राजनीतिमा सक्रिय हुने की ?
पार्टीको क्षेत्रीय सभापति भएको मान्छे राजनीतिमा सक्रिय नहुने कुरै भएन । कार्यकर्ताको सुखदुःखमा नियमित संम्पर्कमा छु । जनताको सेवामा लागि परेको छु । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आन्दोलनमा सक्रिय भुमिका खेलेको छु । अहिले अब संघ र प्रदेशको चुनाव नजिकै आएको छ । मैले पनि इलाम क्षेत्र नम्बर १ को २ नम्बरबाट प्रदेशसभामा चुनाव लड्ने सोच बनाएको छु । मेरो प्रदेशसभामा दाबी रहेको छ । टिकटका लागि पार्टी कार्यकर्तासँग छलफल भइरहेको छ । पार्टीले अवश्यनै मेरो लगानी र नेतृत्वले गर्दा टिकट पाउने पनि पक्का जस्तै छ । आफु उद्योगी भएकाले आर्थिक प्रलोभनमा पर्ने व्यक्ति नभएकाले प्रदेश सभासदको नेतृत्व गर्ने क्षमता पनि छ ।

पार्टीले टिकट दियो र जित्नुभो भने के काम गर्नुहुन्छ इलामका लागि ?
संविधान कार्यान्वयनको चरणमा हुँदै आएको निर्वाचनबाट म निर्वाचित भएपछि धेरै काम गर्न त सकिदैन होला । देशको अर्थतन्त्र वृद्धि गरि बलियो अर्थतन्त्र विकासका लागि कृषि र उद्योगमा लगानी बढाउनका लागि नेतृत्व गर्छु । इलाम कृषि उपज उत्पादन हुने उर्भर क्षेत्र भएपनि समस्या धेरै भएकाले पहिले किसान र उद्योगीको समस्या बुझेर समाधानका लागि पहल गर्छु । खासगरि कृषि क्षेत्रको समस्या समाधानका लागि नेतृत्वदायी पहल गर्छु ।