इलाम : मोटरसाइल दुर्घटनामा परी इलामका क्रियाशील पत्रकार टीका खतिवडा गम्भीर घाइते भएका छन् । बिहीबार मे ९ प ७१३ नम्बरको आफ्नै मोटरसाइकल अनियन्त्रित भई खतिवडा घाइते भएका हुन् । इलाम सदरमुकामकै नारायणस्थान–पीपलवोटे सडकमा खतिवडा दुर्घटनामा परेको परिवारले जनाएको छ ।
उनलाई उपचारका लागि झापाको बी एण्ड सी अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनामा परेर खतिवडाको कम्भरको माथिल्लो भागको भित्री अङ्ग फियोमा गम्भीर समस्या देखिएको छ । अस्पतालले उपचारका लागि शल्यक्रिया गर्नुपर्ने बताएपछि उपचारार्थ आर्थिक सङ्कलन समेत थालिएको छ ।
उपचारको लागि खर्च जुटाउन सिद्धार्थ बैङ्क इलामको खाता नं ०३४१५२२१७५१ मा अप्सरा सुवेदी खतिवडाको नाममा सङ्कलन गरिदिन अनुरोध गरिएको छ । यता, जिल्ला प्रहरी कार्यालय इलामले भने आफूलाई कुनै जानकारी नआएको बताएको छ । खतिवडा राष्ट्रिय समाचार समिति, माउन्टेन टेलिभिजन, कारोबार दैनिकलगायत सन्चारमाध्यममा कार्यरत छन् ।