Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

फिक्कलमा टोपी दिवस मनाइयो

फिक्कलमा टोपी दिवस मनाइयो

  • सन्देश सम्वाददाता
  • शुक्रबार, पौस १७ २०७७


फिक्कलमा टोपी दिवस मनाइयो

फिक्कल । सूर्योदय सामाजिक प्रतिष्ठान फिक्कलले एक कार्यक्रमका बिच ८ औ  राष्ट्रिय टोपी दिवस मनाएको छ । प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान साथै रचना बाचन गर्दै दिवस मनाएको हो । महिला सृजना बहुदेश्य सहकारीको सभाहलमा प्रतिष्ठानले साहित्य, कला, संगीत, पत्रकारिता, सामाजिक क्षेत्रमा पु¥याएको योगदानको आधारमा ३० जना भन्दा बढिलाई ढाका टोपी लगाएर सम्मान गरेको थियो ।

प्रतिष्ठानका अध्यक्ष डिल्ली सुवेदीको अध्यक्षतमा भएको कार्यक्रममा नगर उपप्रमुख दुर्गादेवी भट्टराईको प्रमुख आतिथ्यता तथा साहित्यकार तथा संगीतकार गणेश रसिकको विशेष आतिथ्यता रहेको थियो । सदस्य धनकुमार तामाङले स्वातग मन्तव्य राखेको कार्यक्रममा कुल प्रसाद ढकाल, भुषण दाहाल, गायत्रा ओली लगायतले टोपी सम्बन्धी रचना एवम गीत प्रस्ततु गरेका थिए ।

प्रतिष्ठानका उपाध्यक्ष केदारनाथ अर्यालले कोरोनाको कहरका समयमा सहयोग गर्ने नगरका १४ वटै वडाका एक जनालाई ढाका टोपी लगाएर सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै नगर उपप्रमुख भट्टराईले पाश्चात्य समाजले टोपीलाई महत्वका साथ अघि बढाउदै जाँदा पुर्वीय दर्शनले विर्सदै गएको गुनासो राखिन् । उनले टोपीको महत्वलाई उजार गर्न यस्ता कार्यक्रमहरु सहयोगी हुने बताइन् ।

कार्यक्रममा समालोचक कुल प्रसाद ढकालले लेखनाथ पौड्यालको बारेमा आफ्नो धारणा राखेका थिए । बुद्धिनाथ बराल, दिपक शर्मा अधिकारी लगायतले टोपीको महत्वको बारेमा आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार