नयाँबजार । माईजोगमाई गाउँपालिका वडा न १ नयाँबजारको उत्तरे सिमसार संरक्षण क्षेत्रको आज अनुगमन कार्य सम्पन्न भएको छ । चालू आर्थिक बर्ष २०७७÷०७८ को १ लाख ४० हजार बजेटमा सिम क्षेत्रमा वाल तथा बार्ने काम भएको हो । जसका लागि गाउँपालिकाबाट ७० हजार तथा सहयात्रा नेपाल इलामको सत्तरी हजार लगानी गरेको थियो ।
निर्माणको अन्तिम चरणमा रहेको उक्त सिमसार क्षेत्रको आज सहयात्रा नेपाल इलाम र काठमाडौमा रहेको महिलाहरुको क्षेत्रमा काम गर्दै आएको टेवा संस्थाले अनुगमन गरेको हो। अनुगमनमा माईजोगमाई गाउँपालिका उपाध्यक्ष सावित्रा देवि भट्टराई गाउँपालिका का प्राबिधिक बन्दु राई वडा न १ का वडा सदस्य देवि खरेल सिमसार क्षेत्र निर्माण समितिका अध्यक्ष सुवास तामाङ्ग पत्रकार स्थानिय बासी महिला बहुउद्देश्यीय सहकारी सस्थाका महिलाहरुको उपस्थितिमा रहेको थियो ।
उक्त कार्यकमको संचालन सहयात्रा नेपालकी कोषाध्यक्ष एवम संचारकर्मी सबिता पाण्डेले गरेकी थिइन् । सहयात्रा नेपाल टेवा सस्था र स्थानीय सरकार बिच समन्वयमा सिमसार क्षेत्रमा लगानी गर्दै आएको छ । बिगत २५ बर्षदेखि देशभरका ७० जिल्लामा टेवा संस्थाले कार्य गर्दै आएको अनुगमनका क्रममा आएका कर्मचारीले बताए । संस्थाले देशभरमा ५ करोड भन्दा बढि अनुदान दिई महिलाहरुलाई प्राथमिकता दिई काम गरिरहेको बताइएको छ ।
विशेष गरि भविष्यमा पानीको दुःख हुन नदिन पानीको मुहान संरक्षण गर्न वनजङ्गल तथा वन्यजन्तुको संरक्षण गर्न पर्यटन प्रबर्द्धनमा सहयोग सिमसार संरक्षणको काम भइरहेको गाउँपालिका उपाध्यक्ष सावित्रा भट्टराईले बताइन् । संरक्षणको लागि सुरुमा कम लगानीमा जग बसाउन गाह्रो भएपनि निर्माण समितिको कार्यको तारिफ गरिन् ।
गाउँपालिकाका प्राविधिक बन्दु राईले स्टामेट अनुसारको गरेको र अझ पछिल्लो समय यसलाई पोखरीको रुपमा बिकास गर्दै लैजाने बताए । वडा सदस्य देबि खरेलले सस्थाले सहयोग गरेको र अझ पर्यटन प्रबर्द्धनमा सहयोग गर्दै लैजानु पर्ने बताए । निर्माण समितिका अध्यक्ष सुवास तामाङले सुरुमा काम गर्न केही कठिन भएपनि सबै पक्षको सकारात्मक सहयोगले कम लगानीमा गुणस्तरिय काम भएको बताए । उनलेअब पुन सिमसारका साथै बन र बन्यजन्तु संरक्षण गर्न सके पर्यटनको आधार बन्न सक्ने बताए ।
