Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

प्रदेश एकका सामाजिक विकास मन्त्री कार्कीद्धारा पदबहाली

प्रदेश एकका सामाजिक विकास मन्त्री कार्कीद्धारा पदबहाली

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस १३ २०७७


प्रदेश एकका सामाजिक विकास मन्त्री कार्कीद्धारा पदबहाली

विराटनगर । प्रदेश १ को सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले पदभार ग्रहण गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कार्कीले सामाजिक विकास मन्त्रीको थप जिम्मेवारी पाएपछि आज पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले एकिकृत एम्वुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिका २०७७ बमोजिम प्रादेशिक एकिकृत एम्वुलेन्स तथा पूर्व अस्पताल व्यवस्थापन समिति गठन सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् । मन्त्री कार्कीलाई मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, महाशाखा प्रमुख, कर्मचारीहरुले स्वागत गरेका थिए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले हिजो पदबाट राजीनामा दिएका थिए । उनलाई हिजै मन्त्रालयले विदाई गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार