फिक्कल । संसद विघटन विरुद्ध असन्तुष्ट बनेको जनता समाजवादी पार्टी (जसपा ) ले जनमतको अपमान गर्ने केपी ओलीलाई बालुवाटारबाट घिसारेर निकाल्दा किड्नीमा समस्या देखि कोही पनि जवाफदेही नहुने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको कदमको विरोध स्वरुप सूर्योदय नगरपालिकाको फिक्कलमा जसपा नगर कमिटीले गरेको यालीका बक्ताले जनताको मतको अपमान गर्ने केपी ओलीलाई बालुवाटारबाट घिसारेर बालकोट लग्दा तलमाथी भए आफै जवाफदेही बन्न चेतावनी दिए ।
¥यालीलाई सम्बोधन गर्दै नगर अध्यक्ष सुरेन्द्र मोक्तानले निकट भविष्यमा यी र यस्ता हर्कतका कारण नेपालबाट कम्युनिष्ट नै लोप भएर जाने संभावना देखिएको बताए । ‘भ्याक्सिन किन्ने पैसा छैन भन्ने ओलीसंग चुनाव गर्ने तागत कहाँबाट आयो ?’ प्रश्न गर्दै मोक्तानले ओली रिमोटबाट परिचालन भइरहेको आरोप लगाए ।
५ बर्षे म्यान्डेट दिएर पठाएको ओली सरकारले जनताको भावनामाथी खेल्दै संसद विघटन गर्नु संविधानको समेत अपमान भएको उनले बताए । जसपा नगर कमिटी सचिव सुवास चौरासेले केही बुदामा असहमती हुँदा हुँदै पनि जनता अपेक्षाको कदर गर्दै स्विकार गरेको संविधानलाई ओलीले अपमान गरेको आरोप लगाए ।
उनले देशलाई गोलवद्ध गर्ने संविधान विपरित कार्य गर्ने ओलीको राजनिती नै धरापमा पर्ने खतरा देखिएको बताए । जसपाका कार्यकर्ताहरुले प्रधानमन्त्रीको राजीनामा माग्दै विभिन्न नारा लेखिएको प्लाकार्ड बोकेर फिक्कल बजार परिक्रमा गरेका थिए । कार्यक्रममा जसपाका प्रदेश कमिटी सदस्य लिला बहादुर सुनुवार, जिल्ला अध्यक्ष कमल चाम्लिङ लगायतको उपस्थिती रहेको थियो ।
