Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सडक मानव मुक्त वनाउन पुष १० गते इटहरीमा कार्यक्रम

सडक मानव मुक्त वनाउन पुष १० गते इटहरीमा कार्यक्रम

  • सन्देश सम्वाददाता
  • बुधबार, पौस ८ २०७७


सडक मानव मुक्त वनाउन पुष १० गते इटहरीमा कार्यक्रम

सुनसरी । सुनसरीलाई सडक मानव मुक्त वनाउन पुष १० गते इटहरीमा  कार्यक्रम गरिने भएको छ । प्रदेश सरकारले प्रदेश १ लाई सडक मानवमुक्त वनाउने अभियान अन्र्तगत सुनसरी जिल्लामा पुष १० गते कार्यक्रम गर्न लागिएको हो । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालय,सुनसरीका स्थानीय पालिकाहरु र मानव सेवा आश्रमको सहकार्यमा सुनसरीलाई सडकमानवमुक्त वनाउन लागिएको हो ।

पुष १० गते शुभारम्भ पार्टी प्यालेस इटहरीमा हुने कार्यक्रममा सुनसरीका १२ वटै पालिकाका सडक मानवहरुलाई भेला गराएर नुहाइदिने,केश काटिदिने र नयाँ लुगा प्रदान गरेर सहभोजको कार्यक्रम छ । उपप्रमुख गौतमका अनुसार सहभोजमा सामाजिक विकास मन्त्री जीवन घिमिरे,सुनसरीका १२ वटै स्थानीय तहका प्रमुख उपप्रमुखको सहभागिता रहने छ ।

कार्यक्रमको ब्यवस्थापन इटहरी उपमहानगरले गर्ने छ ।कार्यक्रम पछि सडक मानवहरुलाई मानव सेवा आश्रम विराटनगरमा राखिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार