माई । सशस्त्र बेस क्याम्प दानाबारीका प्रहरी निरिक्षक दिलिप बस्नेतलाई इलामको माई नगरपालिकाले बिदाई गरेकोे छ । माई नगरपालिका लगायत दक्षिणी इलामका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, बन जंगल संरक्षण गर्न, चोरी तस्करी नियन्त्रण गर्न र कोभिड–१९ महामारी न्युनीकरण गर्न लगायत कार्यमा अब्बल भुमिका निर्बाह गरेको भन्दै सम्मान सहित बिदाई गरिएको नगर प्रमुख दिपक थेबेले जानकारी दिए ।
बस्नेत पाँच महिना अघि दानाबारी आएका थिए । प्रहरी निरिक्षक बस्नेतलाई नेपााल रेडक्रस सोसाईटी दानाबारी शाखा र युवा सशक्तिकरण सञ्जाल माईले समेत सम्मान सहित बिदाई गरेको छ । उनी काभ्रे जिल्ला सरुवा भएको बताइएको छ ।
त्यस्तै सशस्त्र बेश क्याम्प दानाबारीमा संखुवासभाबाट आएका प्रहरी निरिक्षक दिनेश कुमार श्रेष्ठलाई समेत स्वागत गरिएको छ । स्वागत कार्यक्रममा मेयर थेबेले शान्ति सुरक्षा कायम गर्न तथा स्थानीय सरकार संग समन्वमा जनमैत्री कार्य गर्न अनुरोध गरे । कार्यक्रमलाई माई नगरपालिका प्रशासन शाखा प्रमुख नबिन कुमार पौडेलले सञ्चालन गरेका थिए ।